Siraha Times
ताजा समाचार

बौधीदेवी मन्दिर संरक्षणतर्फ वडाध्यक्ष सिंह

  • माघ १९, २०७५
  • १७९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह जनकपुरधाम १९ माघ धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ स्थित पौराणिक बौधीदेवी मन्दिर संरक्षणतर्फ वडाध्यक्ष उदय कुमार सिंहले अग्रसरता देखाएको छ । वडाध्यक्ष सिंहले मन्दिरसम्म पुग्ने सडक मर्मत संभारका साथै मन्दिर सौन्दर्यकरणका लागि अग्रसरता देखाएका हुन । अतिक्रमणको चपेटामा परेको सो मन्दिरसम्म पुग्ने सडक मार्ग सिंहले सुचारु गराएपछि स्थानीयहरु समेत खुसी भएका छन । सिंहले वडाका विकासका लागि कुनै पनि किसिमको अवरोध स्वीकार्य नहुने बताउंदै अवरोध चिर्दै अगाडि बढने प्रतिवद्धता जनाएका छन । लामो समयदेखि स्थानीय जनप्रतिनीधि नहुंदा सो वडाका विभिन्न सडकहरु अतिक्रमणको चपेटामा पर्दै आएको थियो भने ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदाहरु समेत अस्तित्व गुमाउदै थियो । वडाध्यक्ष सिंहको प्रयासले भएको परिवर्तनलाई स्थानीयहरुले उपलब्धिको रुपमा लिएको स्थानीय अरबिन्द सिंहले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१