ताजा समाचार

रेशम चौधरी रिहाई आम जनताको चाहना

  • मंसिर २८, २०७९
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २८ । नेपाली राजनीतिक परिवेशमा राजनीतिक खिचातानीमा सर्वसाधारणहरु विगत लामो समयदेखि परिरहेका छन् । राजनीतिक दम्बका बीच उभिएका न्यायपालिकाको खराब नीतिका सामना गर्दै आएका छन् नेपाली जनता । टिकापुर विद्रोह भएको करीब सात वर्ष नाघ्यो । रेशम चाैधरी जेल बसेको पनि कयाैं वर्ष भयो । न्यायको निम्ति सडक आन्दोलन गर्दा परिस्थिलाई विचार नगरी जेलभित्र रेशम चाैधरी लाई राखिनु चिन्ताको विषय बनेको छ । रन्जन कोईरालालाई उन्मुक्ति दिनसक्ने सरकारले राजनीतिक बन्दी रेशम चाैधरीलाई अबैध हिरासतमा किन राखेको होला ? सीमित अधिकार लिएर भए पनि राज्यसंग सम्झाैता गर्न चाहने थारुहरुलाई दमन गरिन्छ र उनीहरुमाथि ज्यादती र अत्याचार जारी राखिन्छ । यो सबैको जडमा राज्य र शासक जातिमा रहेको असुरक्षा भाव हो ।

थारुहरुले सोंचेका थिए, राज्य र शासनले नदिए पनि अदालतले न्याय देला तर अदालत पनि जातिय शासन कै पुच्छर देखिन पुग्दा आम नेपालीमा राज्य सरकार प्रती बिश्वास घटेको देखिन्छ । रेशम चौधरीको रिहाईको खवर उठ्दा खुशी हुने नेपाली जनतालाई निराश गराउने सरकारले १७ हजार नेपालीको निर्मम हत्या गराउने प्रचण्डलाई किन जेल भित्र राख्दैन ? उनी उपचारमा रहँदा किन हथकडि लगाउँदैन ? यदि जेल हाल्ने हो भने मूर्ति चोर,सुन काण्डका मतियार ,दरवार हत्या काण्ड गराउने व्यक्तिहरूको पहिचान गरेर जेल हाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤