फोहोरै फोहोरको पालिका लहान नगरपालिका

  • मंसिर २१, २०७९
  • १०७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान / २१ मंसिर । पछिल्लो समयमा र अहिलेको समयमा लहानमा जो कोही निर्वाचित भएर आएता पनि खासै फोहोर व्यवस्थापन तर्फ ध्यानाकर्षण देखिएको छैन । पहिल्ला पहिल्ला सुन्दरी नगरीको रुपमा चिनिने लहान नगरलाई अहिले फोहोरी नगरी बनेको देखिएको छ। अहिले लहान नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको झन्डै १ वर्ष पूरा हुन लागेका छन । तर, नगर प्रमुख देखि लिएर निर्वाचित जनप्रतिनिधिहरु काममा नभई कुरोमा मात्र सीमित देखिएको छ। यो सँगै फोहोरको उचित व्यवस्थापनमा लहान नगरपालिका कार्यालय उदासीन देखिएको छ। अहिले लहान बजारको गोलचक्र , अस्पताल चौक, हरेक गल्ली कुच्ची , बाटोघाटो जतात्यतै धुलैधुलो फोहोर सँगै नहरमा कालोपानीले गर्दा लहान नगरपालिका यतिबेला दुर्गन्धित फोहोरी नगरमा परिणत भएको देखिएको छ। यसको प्रत्यक्ष मार र चपेट्टामा नगरबासी र लहान बस्नेहरुले भोगिरहेका छन। दुर्गन्धित लहानभए पछि स्वासप्रस्वासको समस्या , ज्वरो , डायरिया, रुघाखोकी , लगायत अनेकन स्वास्थ्य सम्बन्धि समस्या आउने गरेका छन ।

तर, यहाँका नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत कुनै पनि निकायले यसको रोकथाम तथा नियन्त्रणमा कुनै ठोस पहल चालिएको देखिएको छैन । लहान नगर प्रमुख जतिबेला पनि कामभन्दा कुरो अनि स्वदेश तथा विदेश भ्रमणमा धुम्न , जत्तिबेलापनि व्यस्त हुन्छ । तर, जनताले वहाँप्रतिको आशा , भरोसा बोकेको सबै निराशाजनक बन्दै गरेको छ। लहानमा नगरसभा हुदाँ जिल्लाका सबै स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट पास हुने स्थानीयमध्ये लहान पहिलो नगर हो , तर जनप्रतिनिधि "खाउ" भएपछि न त विकास , न त बजेट अत्तोपत्तो नरहेको लहानका स्थानीयहरुले अभिव्यक्ति दिइएका छन।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१