ताजा समाचार

फोहोरै फोहोरको पालिका लहान नगरपालिका

  • मंसिर २१, २०७९
  • १४०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान / २१ मंसिर । पछिल्लो समयमा र अहिलेको समयमा लहानमा जो कोही निर्वाचित भएर आएता पनि खासै फोहोर व्यवस्थापन तर्फ ध्यानाकर्षण देखिएको छैन । पहिल्ला पहिल्ला सुन्दरी नगरीको रुपमा चिनिने लहान नगरलाई अहिले फोहोरी नगरी बनेको देखिएको छ। अहिले लहान नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको झन्डै १ वर्ष पूरा हुन लागेका छन । तर, नगर प्रमुख देखि लिएर निर्वाचित जनप्रतिनिधिहरु काममा नभई कुरोमा मात्र सीमित देखिएको छ। यो सँगै फोहोरको उचित व्यवस्थापनमा लहान नगरपालिका कार्यालय उदासीन देखिएको छ। अहिले लहान बजारको गोलचक्र , अस्पताल चौक, हरेक गल्ली कुच्ची , बाटोघाटो जतात्यतै धुलैधुलो फोहोर सँगै नहरमा कालोपानीले गर्दा लहान नगरपालिका यतिबेला दुर्गन्धित फोहोरी नगरमा परिणत भएको देखिएको छ। यसको प्रत्यक्ष मार र चपेट्टामा नगरबासी र लहान बस्नेहरुले भोगिरहेका छन। दुर्गन्धित लहानभए पछि स्वासप्रस्वासको समस्या , ज्वरो , डायरिया, रुघाखोकी , लगायत अनेकन स्वास्थ्य सम्बन्धि समस्या आउने गरेका छन ।

तर, यहाँका नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत कुनै पनि निकायले यसको रोकथाम तथा नियन्त्रणमा कुनै ठोस पहल चालिएको देखिएको छैन । लहान नगर प्रमुख जतिबेला पनि कामभन्दा कुरो अनि स्वदेश तथा विदेश भ्रमणमा धुम्न , जत्तिबेलापनि व्यस्त हुन्छ । तर, जनताले वहाँप्रतिको आशा , भरोसा बोकेको सबै निराशाजनक बन्दै गरेको छ। लहानमा नगरसभा हुदाँ जिल्लाका सबै स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट पास हुने स्थानीयमध्ये लहान पहिलो नगर हो , तर जनप्रतिनिधि "खाउ" भएपछि न त विकास , न त बजेट अत्तोपत्तो नरहेको लहानका स्थानीयहरुले अभिव्यक्ति दिइएका छन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤