ताजा समाचार

दलित संस्थाले ३१ औअपांग दिवस भव्यरूपमा मनाईयाे

  • मंसिर १८, २०७९
  • १२०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका र गाेलबजार नगरपालिका काे आयाेजना र दलित विकास मञ्च सिरहाको सहकार्यमा "समावेशी विकासको लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सिर्जनशीलताको प्रावधान" भन्ने मुल नाराका साथ ३१ औं अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ मनाएको छ । सिरहाको कल्याणपुर नगरपालिकाकाे मेयर रामपुकार साहले अपांगता भएको व्यत्तिहरूकाे लागि आउदाे पुषमा नगरअधिवेशनबाट विभिन्न कार्यक्रमकालागि आफुहरूले कार्यक्रम र बजेट विनियोजन गरिने प्रतिबद्धता जाहेर गरेका छन । त्यसैगरि गाेलबजार नगरपालिका का मेयर श्याम श्रेष्ठ ले अपांगता व्यत्तिका हरेक सेवा सुविधा काे लागि नगरपालिका तयार रहेकाे समेत बताउनु भयाे । मेयर श्रेष्ठ ले अपांगताभएकाे ब्यत्तिका समस्य समाधान गरिने छ र सेवा सुविधा मा पहुँच बढाउने समेत बताएका छन । कार्यक्रममा गाेलबजार नगरपालिका का प्रमुख प्रशासकीय अधिकृ अन्नत प्रसाद पाैडेलले अपांग दिवस काे अवसरमा शुभकामना व्यत्त गरेका छ । दलित विकास मञ्च सिरहाले सि.वि.एम. ग्लाेबलकाे साझेदारीमा "सवैका लागि समावेशी परियाेजना " गाेलबजार नगरपालिका र कल्याणपुर नगरपालिका काे २५ वटा वडामा कार्यक्रम संचालन गरिएकाे संस्थाकाे अध्यक्ष रूणा महराले बताएकी छन । संस्था काे कार्यक्रम संयाेजक जितेन्द्र राईका अनुसार दुवै नगरपालिकाकाे अपांगता भएको ब्यत्तिहरूकाे संगठित गरि जनचेतना अभिवृद्धि गरि आफनाे हक अधिकार काेबारेमा आवाज बुलन्द गर्न क्षमताको विकास गर्नका लागि कार्यक्रम काे उद्वेश्य रहेकाे बताएका छन । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरू र संस्था कर्मचारी तथा विभिन्न संचारकर्मिहरूकाे सहभागीता रहेकाे थियो । कार्यक्रम गाेलबजार नगरपालिका ले उधाेग बाणिज्य संघकाे हलमन र कल्याणपुर नगरपालिकाले आफनै नगरपालिकाकाे हलमा अपांग दिवस मनाएका छन ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤