ताजा समाचार

सरकारी गाडी दुरुपयोगको फोटो खिचिदा नवराजपुरका अध्यक्ष शिव उदगारको छोराले पत्रकार सिंहलाई गरे दुरवहार

  • मंसिर १६, २०७९
  • १८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १६ । सिरहाका सक्रिय पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराले मुक्का प्रहार गरेका छन् । बिवाहपञ्चमी मेलाको अवसरमा सरकारी गाडी दुरुपयोग गरेको भनी समाचारहरु बाहिर आउँदा सामाचार बाहिर ल्याएको झोकमा पत्रकारमाथी भौतिक आक्रमण भएको छ । नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवा उर्फ शिव उदगार यादवका छोरा चन्दन यादवले पालिकाको मोटरसाइकल प्र. ०१.००१.बा. ०३२३ को दुरुपयोग ईटहर्वा मेला जादा गरेको खबर पाए पश्चात् स्थानीय पत्रकार प्रदीप सिंहले यादवको फोटो खिचेका थिए । मोटरसाइकलमा सवार पालिका अध्यक्ष शिवाका छोरा र उनका साथीहरूले पत्रकार प्रदिपलाई त्यसै निहुँमा निर्घात कुटपिट गरेका छन् । पत्रकार सिंहले न्यायको लागि सरोकारवालालाई जानकारी गराउँदै सिंहले घटनाबारे बिस्तृत विवरण नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवलाई बुझाएको छ भने कानुनी प्रक्रियाका लागि समेत अगाडि बढेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤