Siraha Times
ताजा समाचार

नवराजपुर गाउँ पालिकाका अध्यक्षकै छोरा द्वारा सरकारी गाडीको दुरुपयोग , सरोकारवाला र प्रहरी प्रसान मौन

  • मंसिर १२, २०७९
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाको नवराजपुर गाउँ पालिका अध्यक्ष शिव उदगार यादव को छोरा द्वारा सरकारी गाडीको दुरुपयोग प्रहरी प्रशासन मौन साताको आडमा नवराजपुर गाउँ पालिकाको अध्यक्षको छोरा सरकारी गाडीको दुरुपयोग गर्दै सिरहा।सिरहामा सरकारी गाडीको दुरुपयोग बढेपनि सरोकारवाला निकाय उदासिन देखिएको छ । सरकारी सम्पति भनेपछि यो सरकारको हो जे गरेपनि हुन्छ , नियमन गर्ने निकाय नै सरकारी सम्पति गाडीको व्यापक दरुपयोग गरेको साझै देखिन्छ । सरकारी गाडी अफिस जान आउनको लागी दिन छ। तर गाउँ पालिका अध्यक्ष जन प्रतिनिधिहरु सरकारी गाडीको मनोमानी रुपमा प्रयोग गर्दै आएको सहजै देखन सकिन्छ । सिरहाको नवराजपुर गाउँ पालिका का अध्यक्ष शिव उदगार यादव ( शिबा)जनता समादवादी (जसापा) बाट निर्वाचित भएका उमेदवार हुन। गाउँ पालिकाको कर्मचारी चढ्ने गाडी गाउँ पालिका अध्यक्षकाको छोरा चन्दन यादब सरकारी गाडी बिवाह पन्चमिको दिन पुर्व काल देखी लागदै आएको मेला सिरहाको सखुवान्नकरकट्टी गाउँ पालिका वडा नं. ५ इटहर्वा मेलामा धार्मिक शान्क्रितिक कार्यक्रममा हेर्न गएको सहजै देख्न सकिन्छ ।

श्रोतका अनुसार सरकारी गाडीमा अध्यक्ष छोरा चडेको बताए । आज मात्र होइन विभिन्न दिन फरक फरक ब्यक्ति चडदै आएको स्थानीय बासिन्दाको भनाइ रहेको छ। नवराजपुर गाउँ पालिकाका को कार्यालयका सरकारी गाडी व्यापक रुपमा दुरुपयोग भएको देखिन्छ । विदाको दिन सरकारी गाडी चलाउदाँ जिल्ला प्रसासन कार्यालयबाट पास लिनुपर्ने प्रावाधान रहेको छ । त्यो प्राबधानलाई खिल्ली उडाउदै जनप्रतिनिधिहरु व्यापक दुरुपयोग गरिरहेको छ । श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा थोरै मात्रमा त्यो पनि पास लिएको हुन सक्छ । यता सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना, गर्ने पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ साताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१