मधेश प्रदेश प्रमुखद्वारा सिरहाको मतगणना स्थलको अनुगमन

  • मंसिर ८, २०७९
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर ७ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको शान्तिपूर्ण मतदानबाट प्राप्त सिरहाको मतगणना केन्द्रहरुको मधेश प्रदेश प्रहरी प्रमूख ज्यूले स्थलगत अनुगमन गर्नु भएको छ । प्रमुख ज्यूले सिरहाको चार ओटै मतगणना स्थलको अनुगमन गर्ने क्रममा सिराहा निर्वाचन क्षेत्र नं १ को मत गणना स्थल लहानको दुलिचण्द अथिती सदनमा पुगेर स्थलगत अनुगमन गर्नु भएको हो । अनुगमनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा प्रहरी प्रमुख ज्यूले " समग्रमा मधेश प्रदेशको निर्वाचन शान्तिपूर्ण रहेको हो , यद्यपि यस प्रदेशको रौतहटको गुजारा नगरपालिका वडा नं ४ गरुडामा 2 राउण्ड हवाई फायर र सिराहाको कर्जनहा नगरपालिकाको वडा नं ६ बडहरा मिर्चैयामा ३ राउण्ड हवाई फायर प्रतिनिधि राख्ने विषयमा भएको विवादमा भीडलाई नियन्त्रणमा लिनका गर्नू परेको " बताउँनु भएको छ । सिरहाको कर्जनहा नगरपालिका वडा नं ६ बडहरा मिर्चैया स्थित राखिएको मतदान केन्द्रमा आपसी विवाद नियन्त्रणमा लिनका लागि त्यहाँ खटिएका सुरक्षाकर्मीले तीन राउण्ड हवाई फायर गरेका थिए ।

निर्वाचनको पूर्व सन्ध्यामा मंसिर ३ गते निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि बसेको सर्वदलीय बैठकले मतदान केन्द्रमा प्रत्येक पार्टीबाट पार्टी प्रतिनिधि एक जना राख्ने सहमति विपरीत पार्टीहरुले आफू खुशी थप पार्टी प्रतिनिधि राख्दा आपसी विवाद सिर्जना भएर मतदान केन्द्रमा विवाद चुलिए पछि स्थिति असामान्य भएको मतदान अधिकृत दुर्गानन्द चौधरीले बताउनुभयो । आपसी विवादले उग्र रुप लिन थालेपछि बिहान ६ बजेर ४० मिनेटमा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि पुन पार्टीको सर्वदलीय सहमति भएर करिब बिहान ७ बजेर १० मिनेटमा मतदान शुरु गरिएको थियो । त्यस्तै रौतहटको गरुडामा समेत पार्टी प्रतिनिधिहरु राख्ने विषयमा भएको आपसी विवादले उग्र रुप लिन थालेपछि भिडलाई नियन्त्रणमा लिनका लागि २ राउण्ड हवाई फायर गर्नू परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सुस्ता गाउँपालिकाको ...

सुरेश यादव,नवलपरासी /२५ मंसिर । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी हिरासतमा रहेक ...

जिरोमाईल हातिढुगा सड ...

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको धनगढीमाई स्थित पूर्व पश्चिम राजमार्गको जिरोमाईलदेखि हातीढुंग ...

सिराहा प्रहरीद्वारा ...

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा अवैध रुपमा लगाईएको गाजा प्रहरीको टोलीले कट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

Copyright © 2016 / 2023 - Sirahatimes.com All rights reserved

Website By : Hash Tech Logic