Siraha Times
ताजा समाचार

संसारको जुनसुकै कुनाबाट पनि घरको विजुलीमा नियन्त्रण गर्ने एप विकास गरे जनकपुरका विद्यार्थीले

  • माघ १८, २०७५
  • ३७४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम माघ १८ । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंग तेस्रो वर्षमा अध्ययनरत जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने दीपक कुमार साह र उनका साथी सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत लक्ष्मिनीया गाउपालिका ७ भगवतीपुर बस्ने राहुल कुमार पटेलले मिलेर यो एप बनाएका हुन्। यो एपको मद्धतले तपाई आफ्नो घरको पंखा, एसी वा बल्वको स्वीच अन गरेर बाहिर निस्किसक्नु भएको छ भने पनि तपाइले घर नफर्कि घरको वत्ती निभाउन सक्नुहुन्छ। यो एपको सहायताले विद्युतिय सबै उपकरणको स्वीचलाई विश्वको कुनै कुनाबाट नियन्त्रण गर्न सकिन्छ। २२ वर्षिय साह र २४ वर्षिय पटेल दूबै जना मिलेर केही महिनाको प्रयास पछि यो एप बनाउन सफल भएका हुन्। दीपकका अनुसार यो एप बनाउनका लागि डिले बोर्ड लगाउनु पर्छ जसमा ट्रान्जिस्टर जडान गरिएको हुन्छ र बोर्ड एमसीयुको आवश्यक्ता पर्छ। दीपकले यो एप बनाउनका लागि डिले बोर्ड आफै बनाए भने बोर्ड एमसियु बजारबाट किनेर प्रयोग गरेका छन्। उनले यो एपको विकास गर्नका लागि सबैभन्दा पहिले ब्लिंक एप प्ले स्टोरबाट डाउनलोड गरेर त्यसमा प्रोग्रामिंग गरे, त्यसपछि आफ्नै आइपीका लागि आइएफटिटि डट कममा प्रोग्रामिंग गरेका छन्। यो प्रोग्रामिंग गरेपछि गुगलले आवाज सुन्छ। दीपकका अनुसार यो एप बनाउनका लागि डिभाइस अनुसार खर्च बढ्दै जान्छ। ८ वटा डिभाइस सम्मका लागि यो एप बनाउनका लागि ५ देखि ६ हजारसम्म खर्च पर्छ भने प्रोग्रामिंगको खर्च अलग्गै लाग्छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का दीपक मोनास्टिक इंगलिश बोर्डिंग स्कुलमा कक्षा ९मा अध्ययनरत रहँदा एक फिजिक्सका शिक्षकले विद्यार्थीहरुलाई क्वीज बोर्ड नामक प्राजेक्ट बनाउनका लागि निर्देशन दिएका थिए। सोहि कुराबाट प्रभावित भइ यो एपको निमार्ण ढीला भएपनि गरेको साहले पत्रकार सम्मेलनमा बताए।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१