ताजा समाचार

क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यकः मिश्र

  • कार्तिक २९, २०७९
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कमलेश चन्द्र गुप्ता , कपिलबस्तु जनता प्रगतिशील पार्टी नेपालका महासचिव एवम कपिलबस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ईश्वर दयाल मिश्रले क्षेत्रको व्यवस्था परिवर्तन गर्न आफ्नो जीत आवश्यक रहेको बताएका छन् । सोमबार बहादुरगंजमा आयोजित चुनावी सभालाई सम्बोधन गदैं मिश्रले निवर्तमान सांसदका कारण क्षेत्रको व्यवस्था नै असफल भएको भन्दै अव क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यक रहेको बताएका हुन् । उनले भने एकै ब्यक्तिलाई तीन पटक विजयी बनाए पनि क्षेत्रको अवस्था उही रहेकाले यसपटक जप्रपालाई मतदान गर्न आग्रह गरे । उहाँले यस क्षेत्रको लागि मैले जति कसैले पनि काम नगरेको दाबी समेत गरेका छन् । मिश्र गत निर्वाचनमा हारे पनि यस क्षेत्रका लागि करोडौ रुपियाको योजना ल्याएको बताएका छन् ।

त्यही भएर यस पटक जनताले "हाम्रोलाई होइन राम्रोलाई" भोट दिन्छ भन्ने पुर्ण आशा रहेको मिश्रले थपे । मिश्रले अहिलेसम्मका निर्वाचनमा ठिक नेता चुन्न नसकेकै कारण जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राख्नु भएको थियो । नेता मिश्रले कृषि, स्वास्थ्य र शिक्षामा समेत जोड़ दिनु भएको थियो। किसानको उत्थान गर्ने पार्टी जनता प्रगतिशील पार्टी नेपाल मात्र रहेको बताउँदै किसानलाई क्रेडिट कार्डको व्यवस्था, सिँचाइको व्यवस्था, बिउबिजन र मल सजिलै उपलब्ध गराउन आफूले पहल गर्ने बताए। चुनाव पश्चात् नेपाल सरकारले तत्काल किसानको व्यवस्था नसुनेमा किसान आन्दोलन सुरु गर्ने र किसानका आवाज प्रतिनिधि सभामा उठाउने समेत मिश्रले बताउनुभयो । यस क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था एकदमै खराब रहेको बताउदै मिश्र उच्च कोटिको अस्पताल र कैम्पस बनाउने लक्ष्य रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤