ताजा समाचार

क्षेत्रका मतदाताले देखाउनु भएकाे साथले उत्साहित छ : उमेदवार मिर्जा राशिद

  • कार्तिक २८, २०७९
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु २८ कार्तिक कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) का प्रदेश सभा सदस्यका उम्मेदवार मिर्जा राशिद बेगले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिदै गएसँगै उनले कोणसभा, आमसभा, घरदैलो लगायतका कार्यक्रमलाई तिव्रता दिएका हुन् सोही क्रममा मिर्जा राशिदले क्षेत्रमा जनता संग प्रत्यक्ष भेटन व्यस्त रहेका छन्। कोण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार बेगले आफुलाई मतदान गर्न आग्रह गरेका छन् । जनता प्रगतिशील पार्टीका प्रदेश सभा सदस्य पदका उम्मेदवार बेगले आफुले जिते यस क्षेत्रको कायापलट गर्ने दावी गरेका छन् । आफू क्षेत्रमा जनता संग भेटदा कोदालो बोकेको किसानमा मतदान गर्न जनता उत्साहित रहेको बताएका छन। यस क्षेत्रमा अँझै पनि आवश्यक पूर्वाधारको अभाव रहेको गुनासो गर्दै स्थानीयले ति समस्याहरुको सम्बोधनका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए । स्थानीयको गुनासो तथा समस्याहरु सुन्दै मिर्जा राशिद आफुले सबै समस्याको सम्बोधन गरेर विकासको लहर ल्याउने दृढता व्यक्त गरेका छन् । उहाँ चुनाव प्रचार प्रसारमा पार्टी समर्थक संगै क्षेत्रका जनताले साथ दिइ रहेकाले समेत आफू जीते जनताको जीत हुने बताए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤