Siraha Times
ताजा समाचार

जप्रपा को कृष्णनगरमा आमसभा, क्षेत्रको विकास गर्ने मिश्र र मिर्जाको दृढता

  • कार्तिक २६, २०७९
  • १००० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , कार्तिक २६ कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को कृष्णनगर बजारमा आज जनता प्रगतिशील पार्टीको वृहत चुनावी आमसभा सम्पन्न भएको छ l सभामा बोल्दै प्रतिनिधि सभा उमेदवार पूर्व मंत्री ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले क्षेत्रको जनताले परिवर्तन चाहेको बताउदै आफूले जनताको सुख दुखमा सधै साथ दिएको तथा आफू यस क्षेत्रमा आफनै पहलमा करोडौँ रूपयाको विकास योजना ल्याई जनता लाई विकासको अनुभूति समेत गराएको बताउदै यस पाली जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि आफूलाई भारी बहुमत ले विजयी बनाउने तथा आफू र आफ्नो पार्टीले किसानको हितमा काम गरि कृषिमा होइन किसानमा लगानी गरेर मात्र किसानलाई फाइदा हुने भै देशको समृद्धि हुने बताए l

received_434846405496228

सभा लाई सम्बोधन गर्दै कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) जनता प्रगतिशील पार्टी प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेगले यहांका जनप्रतिनिधि पटक पटक जित्दा समेत क्षेत्रमा जन अपेक्षा अनुसार विकास हुन न सकेको तथा यस क्षेत्रका किसान अझै पिडित रहेको तथा अब जनता प्रगतिशील पार्टी लाई विजयी बनाई किसान, युवा, महिला लगायतको अधिकार सुनिश्चित गर्न अपिल गर्दै आफू र मिश्र ले यस क्षेत्रमा विकासमा योगदान गर्दै आएको तथा अगामी दिनमा समेत क्षेत्र लाई सुखि र समृद्ध बनाउने दृढ़ता रहेको बताए lकार्यक्रममा जनता प्रगतिशील पार्टीका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खां लगायत जिल्ला कमिटी, क्षेत्र कमिटी, नगर कमिटी वडा कमिटीका पदाधिकारी पार्टी समर्थक, पार्टी सुभचिंतक स्थानीय लगायत बहुसंख्यक उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१