सिरहा २ मा छाइरहेका राजकिशोर

  • कार्तिक २६, २०७९
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहाका विभिन्न निर्वाचन क्षेत्रमध्ये अलिक बढी चासोका साथ हेरिएको क्षेत्र हो - सिरहा २ । कारण - यहाँबाट दुई हेविभेट नेता चुनावी प्रतिस्पर्धामा छन् । जसपा एमाले गठबन्धनबाट जसपाका प्रभावशाली नेता राजकिशोर यादव उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव चुनावी प्रतिस्पर्धामा छिन् । राजकिशोर यसअघि सिरहा ४ बाट चुनाव जितेका थिए । अन्तिम समयसम्म उनी यसै क्षेत्रबाट पुनः चुनाव लड्ने चर्चा थियो । तर, अन्तिम समयमा उनलाई पार्टीले सिरहा २ पठायो । टिकट लिएर मनोनयनका लागि धनगढीमाई नगरपालिकास्थित प्रशासकीय भवनमा आएका उनले पत्रकारसँगको साक्षात्कारमा भने, 'ठूला नेताको क्षेत्र निश्चित हुँदैन । राष्ट्रिय नेता कुनै एउटा ठाउँको हुँदैन । सिंगो देशको अभिभारा हुन्छ । त्यसैले जुनसुकै ठाउँबाट चुनाव लड्न सक्छ । यहाँ मेरो आवश्यकता देखेर म आएँ ।' राजकिशोर चुनावी राजनीतिका कुशल खेलाडी अनि तेज रणनीति निर्माता मात्रै होइनन्, प्रष्ट अनि दमदार भाषण कलाका कारण पनि कतिपयले उनलाई चानाक्य भन्छन् ।

सायद त्यसैले होला, नयाँ क्षेत्र भएपनि उनी यतिखेर त्यहाँ त्यहाँ सबैभन्दा अत्यधिक चर्चामा छन् । उनको चुनावी कार्यक्रम हेर्दा, सिरहा २ का गाउँ अनि बस्ती घुम्दा, त्यहाँका मान्छेसँग गफिँदा लाग्छ - राजकिशोरले सिरहा २ मा गज्जब तरिकाले आफ्नो कब्जा जमाइसकेका छन् । मनोनयन दर्ता गराएपछि उनले एकदिन क्षेत्र छाडेर कतै गएका छैनन् । 'फूल टाइम' क्षेत्रमा बिताइरहेका उनले आफ्ना भिजन, मुद्दा र योजनाहरु प्रष्टसँग जनतासामु राखिरहेका छन् । त्यसैले भन्नुपर्छ, त्यहाँका अधिकांश मतदाताले चुनावी बात गर्‍यो कि राजकिशोरको चर्चा गरिभ्याउँछन् । अधिकांश मतदाताका मुखबाट सुनिने एउटा प्रमुख वाक्य हो - संसदमा राजकिशोरको उपस्थितिले अर्थ राख्छ । विकास अनि सामाजिक मुद्दाप्रति बडो गम्भीर रहने उनले सिरहा ४ मा सांसद रहँदा थुप्रा विकास निर्माणका काम गरेका छन् । कतिपय ठूला योजनाहरु अझै सञ्चालनमा छन् । कतिपय योजनाहरु सुरु हुने क्रममा छ । त्यसले पनि वर्षौंदेखि आश-आशमै दिन काटेका त्यहाँका मतदाताका लागि उनी भरोसायोग्य पात्र बन्न पुगेका छन् । यसरी हेर्दा सिरहा २ बाट उनको विजयीको स्पष्ट संकेत देखिँदैछ । स्थानीय तहको मत परिणामका हिसाबले पनि उनी बलिया उम्मेदवार छन् ।

सिरहा २ मा धनगढीमाई नगरपालिकाका सबै १२ वटा वडा, सुखीपुर नगरपालिकाका सबै १० वटा वडा, औरही गाउँपालिकाका सबै ५ वटा वडा, वरियारपट्टी गाउँपालिकाका सबै ५ वटा वडा, नवराजपुर गाउँपालिकाका सबै ५ वटा वडा, अर्नामा गाउँपालिकाका दुई वटा वडा, लक्ष्मीपुरपत्तारी गाउँपालिकाका एउटा वडा, गोलबजार नगरपालिकाका एउटा वडा गरी ४१ वटा वडा छन् । जसमध्ये मुख्य पालिकाहरु धनगढीमाईमा एमाले, सुखीपुरमा एमाले, औरहीमा जसपा, वरियारपट्टीमा जसपा र नवराजपुरमा जसपाले जितेको छ । यस्तै वडाहरुमा जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् । जनमत पार्टीले एउटा वडा जितेको छ । <>वडाको मत हेर्दा जसपाले मात्र वडामा २१ हजार ९७ मत ल्याएको छ । एमालेको मत १८ हजार ३५८ छ । दुबै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ ।

कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले तीन हजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले ९ सय ७९ मत ल्याएका छन् । यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ । यसरी हेर्ने हो भने पनि सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धन तीन हजार ४२१ मतले अगाडी छ । तर, एउटा सत्य कुरा के हो भने चुनावमा क्याडरले पनि प्रभाव पार्छ, पार्छ । त्यसैले अहिले जुन किसिमको माहोल यहाँ देखिएको छ, यसले झन् राजकिशोरको मत बढ्ने देखिन्छ । हामीले उनै राजकिशोरसँग चुनावी गफ पनि गर्‍यौं । उनले १० हजारको मत्तान्तरले चुनाव जित्ने दावी गरे । यस क्षेत्रका जनता सधैं शासक मात्रै पाएको र शासकले शासन बाहेक केहि पनि नगरेकोले जनता यसपालि सेवक चुन्न लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

पाठेघर मुखको क्यान्स ...

रहमुल लहान ३१ बैशाख । सिरहाको लहान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा-१७ गोविन्दपुरमा पाठेघर मु ...

निश्चय यात्रा उत्तर ...

कपिलवस्तु, बैशाख ३० । भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१