Siraha Times
ताजा समाचार

९ बर्षीयाकी विवाहको तयारी, प्रदेश २ मा बालविवाह उच्च

  • माघ १८, २०७५
  • १०२० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १८ माघ । चेलीछोरीको ग्यारेन्टी समाजका अगुवाले लियो भने हामी बालविवाह गर्न दिंदैनौ लहान नगरपालिकाका उपमेयर सरियार चौधरीले बताइन् । उपमेयर चौधरीले बालविवाहको कारण यत्तिबेला मृत्यूको शैयामा घुमिरहेका छन् । सम्बन्ध विच्छेदको मुद्दा आउँने सँख्या दिनदिने बढ्दै गएको छ । आज शान्तिको लागि साझा अभियानले आयोजना गरेको बालविवाह विरुद्धको अन्तरक्रिया कार्यक्रममा उपमेयर चौधरीले हामीले बालविवाह रोकियो । तर, उनका अभिभावकहरुले कहाँ कहाँबाट उडाएर रातारात विवाह गरिदिने गरेका छन् । यस्तो अवस्थामा वालविवाह रोकेर के अर्थ ? उपमेयर चौधरीले बताइन् ।

गोलबजार १२ का दिलिप मण्डलले सिरहाको लडकन्हामा ९ बर्षीया एक डोम बालिकाको विवाहको कुरा छिनेको छ । उनका अभिभावकलाई बालविवाह गर्न नदिन प्रयास गरिरहेको छु । तर, उनका अभिभावकले मेरो आफ्नो छोरीको विवाह गर्छु , तपाईलाई के मतलब भन्दै उल्टो धम्कि दिने गरेको बताउँछन् । गोलबजार २ की रत्नदेवी साहले बलकवाको मुसहर वस्तीको दूई बालविवाह मैले रोक्न लगाए । उनीहरुलाई स्वास्थ्यवारे जानकारी दिएपछि विवाह रोकेका हुन् । सखुवानन्कारकट्टीको मौवाही बस्ने चन्द्रिका कुमारी दासले बालबालिकाका अभिभावकले भने गर्छन् तिमीहरुले जिम्मा लिन्छौ । काँचो उमेरमा प्रेम गरेर भाग्ने गरेको छ । यस्ता घटनाको जिम्मा लिने हो भने बालविवाह नगरिने बताउँछन् । लहान ५ की गीता साहले १०० मा फोन गरेर वालविवाह रोकाए । तर, दश दिनपछि ती १४ बर्षीया बालिकालाई भारतमा लगेर विवाह गरिदियो । त्यति मात्रै होइन् एक महिनापछि मलाई बालिकाका अभिभावकहरुसहित २०—२५ जनाको एक समूह आएर मलाई धम्कि दिएका छन् ।

धनुषाकी मालती ठाकुरले वडा कार्यालयको सक्रियता हामीले तीन वटा बालविवाह रोक्न लगाएको छु । वालविवाहकै कारण महिला हिँसा बढेको छ भने मदिरा सेवनले ७५ प्रतिशत महिला हिँसा बढेको ठाकुरकी दावी छन् । लहान १ का रामवालक यादवले ठेट मधेशमा आज पनि व्यापक रुपमा वालविवाह हुने गरेको छ । एक पटक वालविवाह रोक्न जाँदा म १५ दिन गाउँ छाडेर भाग्नुपरेको छ । यसमा प्रहरीको समेत सँलग्नता रहेको थियो । वालविवाह प्रदेश २ मा ८० प्रतिशत रहेको छ भने दक्षिणी सिमाक्षेत्रमा वालविवाह व्यापक हुने गरेको छ । सिरहा, सप्तरी, महोत्तरी र रौतहटमा बालविवाहको सँख्या उच्च रहेको छ । वालविवाहले महिला हिँसा, पाठेघर खस्ने, बाझोपन हुने, बेरोजगारी समस्या बढ्ने, लक्ष्य प्राप्तीमा समस्या हुने गरेको छ । बालविवाह अधिकतम दलित समुदायमा भएपनि अन्य समुदायमा पनि उत्तिकै सँख्यामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१