ताजा समाचार

सप्तरी ४ क को स्वतन्त्र उम्मेदवार राजेश बिद्रोही घर दैलो अभियानमा डोम बस्ती पुगे

  • कार्तिक २६, २०७९
  • ११७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । सप्तरी ४(क) का स्वतन्त्र युवा उमेदवार राजेश विद्रोहीको चुनावी प्रभाव बढ्दै गएको छ । स्वच्छ, इमानदार र सहि राजनीतिक भिजनका धनी राजेश विद्रोहीको राजनीतिक आन्दोलनमा लामो त्याग तपस्या रहेको कारण यतिबेला सप्तरीमा विद्रोहीको चर्चा बढेको छ । विद्रोहीको प्रचारात्मक प्रभाव निरन्तर जारी छ । गाउँघरमा घरदैलोमा रहेका विद्रोहीलाई यतिबेला हरेक समुदायको समर्थन भेटिरहेको छ । देशमा स्वतन्त्र युवा उमेदवारको खोजी जनताले गरिरहेकोबेला राजेश विद्रोही सप्तरीको नमुना उमेदवारको रुपमा यतिबेला चर्चामा छन् । ठाउँठाउँमा विद्रोहीलाई भोट दिने सर्वसाधारण जनताले बताएका छन् । सप्तरी सुरुंगा नपाका १ का विष्णु बुढाथोकीका अनुसार स्वतन्त्र उमेदवारको रुपमा रहेका विद्रोहीको पानीको धारा छाप जित्ने सम्भावना रहेको बताए । त्यस्तै खड्क ७ का हासिम मियँका अनुसा राजेश विद्रोहीलाई यसपटक हामीसबैले बहुमतको साथ जिताउने बताए । रामकन्त चौधरीका अनुसार, विद्रोहीको धारा छाप यतिबेला सबैतिर चर्चाको विषय मात्र नभएर राम्रो युवा, सक्षम उमेदवारको रुपमा केही गर्न सक्ने उमेदवारको रुपमा लिएको बताए । रामनारायण साह बताउँछन्, राजेश विद्रोही जनयुद्धदेखी जनआन्दोलन र गरिब दिनदुखी सबैको दुखमा साथ दिने राजेश विद्रोहीलाई जसरी पनि हामी भोट हालेर जिताउने बताए । सबै समुदायमा राम्रो पकड र विश्वास जमाएको राजेश विद्रोही सप्तरी ४ (क) मा स्वतन्त्र उमेदवारको रुपमा जनताले जिताउने भित्री सर्कुलर रहेको अनुसन्धानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤