ताजा समाचार

सिरहा क्षेत्र न-३ मा प्रदेश-सभा सदस्यका उम्मेदवार सिंह चर्चामा

  • कार्तिक २५, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश राय- सिरहा,२५ कार्तिक _आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (क) बाट उम्मेदवारि दिएका नेकपा एमालेका प्रभावशाली युबा-नेता मनोज कुमार सिंहको क्षेत्र न-३मा पर्ला भारि देखिएको छ। चुनावअघि नै जनताको मन जितेका मनोज सिंह अब निर्वाचनमा जनताको मत जित्न आँतुर रहेको देखिनछ । चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छन् । विहान देखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त रहन्छन । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । त्यसैगरी,सिरहा क्षेत्र न-३(क) बाट प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठको उम्मेदवारि रहेका छन् ।मनोज कुमार सिंह नेकपा एमालेका जिल्ला सदस्य हुन् । राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै मनोज कुमार सिंह सिरहामा लोकप्रिय छन । राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई छ । उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, र रोजगारी सिर्जना रहेको बताए । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤