ताजा समाचार

चर्चामा उमेश यादव :जनाधार थप बलियो बन्दै

  • कार्तिक २५, २०७९
  • १४६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, कार्तिक २५ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सप्तरी २ को (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवार नेकपा माओवादी केन्द्रको प्रभावशाली नेता उमेश कुमार यादवको जनाधार थप बलियो बन्दै गएको छ । चुनावको मिति नजिकिएसँगै यादव अहिले घरदैलोको चटारोमा छन् । पुर्व सिचाई मन्त्री समेत रहेका यादव एका बिहानैदेखि राति अबेरसम्म यादव घरदैलोमा व्यस्त हुन्छन् । यादव घरदैलोको क्रममा मतदातालाई आफ्नो एजेन्डा बुझाउनमा व्यस्त देखिन्छ । 

यादवको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । नेकपा माओवादी केन्द्रको सप्तरी अध्यक्ष समेत रहेका यादव राजनीतिक सक्रियता र समाजसेवा मार्फत पुर्याएको योगदानको कारण निकै लोकप्रिय रहेको छ । जसको कारण चुनाव जित्न सहज हुने आंकलन हुदै आएको छ राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई छ । आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, पुर्वाधार, महिला सशक्तिकरण र रोजगारी सिर्जना लगायतका क्षेत्र रहेको यादव बताउँछन् । यादवको पक्षमा देखिएको जनलहरले चुनाव जित्न सहज हुने अनुमान गरिएको छ । यस क्षेत्रमा उमेश यादवकै बढि चर्चा रहेकोले मतदाता पनि हसिया हथौड़ामा नै मतदान गर्ने सोच बनाई सकेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤