Siraha Times
ताजा समाचार

भ्रष्टचारमा लिप्त प्रदेस सभा सदस्य उम्मेदवार कलवारलाई मत नदिने उदघोष

  • कार्तिक २५, २०७९
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २५ कार्तिक भ्रष्टचारमा लिप्त प्रदेस सभा सदस्य उम्मेदवार कलवारलाई मत नदिने उदघोष । वीरगञ्ज । मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य एवंम पर्सा जिल्ला क्षेत्र नं ४ को(ख) बाट नेकपा एमाले र जसपापार्टीको गठबन्धनको तर्फबाट जसपका उम्मेद्वार सिंघासन साह कलवारको एकपछि अर्काे भ्रष्टाचारको पोल खुल्दै गएको छ । मधेश प्रदेश सरकारले कृषकहरुको लागि अनुदानमा वितरण गरेको १ सय वटा ट्याक्टरमध्ये प्रदेश सभा सदस्यको बलमा कलवारले २ वटा ट्याक्टर प्राप्त गरेका थिए । वास्तविक कृषकलाई प्रदान गर्नुुपर्ने ट्याक्टर उनले आफ्ना नजिकका राजनीतिकर्मीहरुलाई दिलाएर ठेक्कापट्टाको काममा प्रयोग अहिले गरीरहेका छन् । पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान र कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट गुप्ताका काका दिनेश कलवारलाई सिंघासनले ट्याक्टर प्रदान गरेका हुन् ।

उनीहरुको नाममा ट्याक्टर दिएपनि उनले अहिले आफ्नै निर्माण कम्पनी रञ्जन निर्माण सेवाको कामका लागि ति ट्याक्टरको प्रयोग गरीरहेका छन् यसअघि मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगत पोखरी सौन्दर्यकरणको कामको ठेक्का अलपत्र अवस्थामा छोडेको खबर बाहिरिएको थियो । ठेक्का पाएका पोखरी आधा अधुरो छोड्नुका साथै निर्माणमा कमशल तथा गुणस्तरहिन सामाग्री प्रयोग गरेको खबरपछि किसानको नाममा ट्याक्टर निकालेर आफ्नै निर्माण कम्पनीको काममा प्रयोग गरीरहेको पोल खुलेको हो । यस्ता कतिपै ठेक्का सम्झौता गरेर कतिको काम अधुरो छोडेका छन् भन्ने कतिको ठेक्का लिई कमसल सामग्री प्रयोग गरी काम गरेका हुन् ।

यस्तै पकहामैनपुर गाउँपालिका वडा नं ५ देखि छिपहरमाई गाँउपालिकाको वडा नं ५ भिस्वा जोड्ने खोलाको पुल निर्माण गरेको केही दिन नबितिदै पुलको माथिको रड बाहिर आउन थालेको छ । उहाँले पछिलो निर्वाचनमा चुनाव जितिनै बितिकै आफ्नो नाउँमा रहेको रञ्जन निर्माण सेवा आफ्नो कम्पनीकै एक जना कामदारको नाउँमा गरेका हुन् । ऊ कामदारको नाउँमा गरे बापत कलवारले करोडोको कपाली तमसुक गराएको स्रोतको दाबी छ। कलवार आफ्नो सत्ताको दुरुपयोग गर्दै ठेक्का सम्झौता गरी काम नैनगरी भुक्तानी पाउने गरेका छन् । काम गरे पनि कमसल सामग्री प्रयोग गरी गरेका छन् । त्यसैले अब हुने निर्वाचनमा त्यस्तो भ्रष्टचारीलाई आफ्नो मत नदिन उक्त क्षेत्रका मतदाताहरुले अभियान चलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१