ताजा समाचार

बाम-लाेकतान्त्रिक गठबन्धन कै बहुमतमा सरकार बन्ने नेता शाहकाे ठाेकुवा

  • कार्तिक २२, २०७९
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । कपिलवस्तु क्षेत्र न.३ मात्र नभई देशैभरि मंसिर ४ गते हुने हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको बहुमतकाे सरकार बन्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ । आज कृष्णनगर नगरपालिका-८ बहादुरगंजकाे गाैरव चाैकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै शाहले आफुले क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो । शाहले आगामी निर्वाचनमा संविधानलाई ध्वस्त पार्ने तत्वलाई मत दिन नहुने जिकिर गर्नुभयो । शाहले माओवादी र एमाले विच भएको एकतालाई ओलीले कायम राख्न नसकेपछि माओवादीको आग्रहमा अहिलेको देउवा नेतृत्वमा सरकार निर्माण भएको बताउनुभयो । संविधान बचाउनको लागि काग्रेस र माओवादी लगायतका पार्टीको गठबन्धन भएको बताउँदै आगामी सरकार पनि गठबन्धनकै बन्ने दावी गर्नुभयो । जनताको मतलाई अपमान गरेको एमालेलाई अहिले चुनावमा मत माग्न लाज लागिरहेको बताउनुभयो । निर्वाचनपछि देशमा बाम-लाेकतान्त्रिक गठबन्धनकाे नेतृत्वमा प्रदेशको मुख्यमन्त्री विरेन्द्र कनोडिया,प्रदेशको मन्त्री एहसान अहमद खाँ र आफु केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभयो । कार्यक्रममा क्षेत्र न ३ (१) प्रदेश सभा सदस्य एहसान अहमद खां ले आफु माओवादीको मात्र नभइ कांग्रेसको पनि उम्मेदवार रहेको जिकिर गर्नुभयो । निर्वाचन पश्चात प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने हुदाँ सबैले गठबन्धनलाई मत दिनुपर्ने जिकिर गर्नुभयो । क्षेत्र भित्रका सम्पूर्ण समस्याहरु पहिचान गरेकोले ती समस्या समाधान आफ्नो नेतृत्वमा हुने दावि गर्नुभयो । क्षेत्र न ३ (२) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले ५ वर्षको अवधिमा २ वर्ष मात्र सरकारमा आफुहरु रहेको बताउनुभयो । २ वर्षको अवधिमा आफ्नो क्षेत्र भित्र ठुलो लगानी गरेकोले विकास र समृद्धीको लागि आफु निरन्तर जनतामा रहेको बताउनुभयो । कार्यक्रममा काग्रेस र माओवादीका विभिन्न नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤