प्रधानमन्त्री ओली विरुद्ध लहानमा नेवि सँघको प्रदर्शन

  • माघ १७, २०७५
  • १२६७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान १७ माघ । प्रधानमन्त्री केपी ओलीको आगमन सिरहामा हुने भएपछि नेविसंघका विद्यार्थीहरु विरुद्धमा लहानमा मशाल जुलुस प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बिद्यार्थीहरू डा.गोविन्द केसीको माग पुरा गर, भ्राष्टाचारी सरकार मुर्दावाद , वाईवडी जहाज खरिद प्रक्रिया छानभिन गरि करवाही गर , निर्माला पन्त घटनाका दोषिलाई करवाही गर र नेविसंघका कार्यकार्ता हरूलाई रिहा गर जस्ता नारा लगाउदै बजारमा उत्रेका छन् ।

सहिद हेम नारायण यादबको १५ औँ स्मृति सभामा प्रमुख आतिथ्यको लागि आउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली विरूद्व भ्रष्टाचार सरकारको संरक्षक र मधेश विरोधी मन्त्रीलाई आउन नदिन जस्ता नारावाजी गरेको नेवि सँघका सिरहा जिल्ला अध्यक्ष मो.मुस्ताकले बताए । देश चलाउन नजान्ने मन्त्री सिरहा जनतालाई के उपदेश दिन्छ । भ्रष्टाचारी सरकारका मन्त्री पहिले सरकारलाई लागेका दाग धुन ध्यान दिनु पर्छ । कार्यक्रममा जनतालाई लजित मात्र गरिरहेका छन् नेवि सँघका सहमहामन्त्री परमेश्वर साहले बताए । साहले भने माग पुरा भएन भने आन्दोलनको आँधीबेहरी चलाउँने दावी गरे ।

प्रतिक्रिया दिनुहोस

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१