Siraha Times
ताजा समाचार

प्रधानमन्त्री ओली विरुद्ध लहानमा नेवि सँघको प्रदर्शन

  • माघ १७, २०७५
  • १४१३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान १७ माघ । प्रधानमन्त्री केपी ओलीको आगमन सिरहामा हुने भएपछि नेविसंघका विद्यार्थीहरु विरुद्धमा लहानमा मशाल जुलुस प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बिद्यार्थीहरू डा.गोविन्द केसीको माग पुरा गर, भ्राष्टाचारी सरकार मुर्दावाद , वाईवडी जहाज खरिद प्रक्रिया छानभिन गरि करवाही गर , निर्माला पन्त घटनाका दोषिलाई करवाही गर र नेविसंघका कार्यकार्ता हरूलाई रिहा गर जस्ता नारा लगाउदै बजारमा उत्रेका छन् ।

सहिद हेम नारायण यादबको १५ औँ स्मृति सभामा प्रमुख आतिथ्यको लागि आउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली विरूद्व भ्रष्टाचार सरकारको संरक्षक र मधेश विरोधी मन्त्रीलाई आउन नदिन जस्ता नारावाजी गरेको नेवि सँघका सिरहा जिल्ला अध्यक्ष मो.मुस्ताकले बताए । देश चलाउन नजान्ने मन्त्री सिरहा जनतालाई के उपदेश दिन्छ । भ्रष्टाचारी सरकारका मन्त्री पहिले सरकारलाई लागेका दाग धुन ध्यान दिनु पर्छ । कार्यक्रममा जनतालाई लजित मात्र गरिरहेका छन् नेवि सँघका सहमहामन्त्री परमेश्वर साहले बताए । साहले भने माग पुरा भएन भने आन्दोलनको आँधीबेहरी चलाउँने दावी गरे ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१