ताजा समाचार

सप्तरी ४ का युवा उम्मेदवार सुरेश बने युवाहरुको ढुकढुकी

  • कार्तिक २१, २०७९
  • १६९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, कात्तिक २०– यतिबेला निर्वाचनको माहोल तात्दै गइरहेको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त छन् । सप्तरी क्षेत्र नं.४ मा यसपटक स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरीले माहोल बनाउँदै लगेका छन् । ‘क्यामेरा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका चौधरीले आफ्नो माहोल बनाउँदै लगेका हुन् । विशेषगरि उनी युवाहरुको ढुकढुकी समेत बनेका छन् । उनी घरदैलो अभियानलाई तिव्रता दिँदै जनताको मन तानिरहेका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढेकाले पनि सुरेशलाई सप्तरीमा सहज बन्दै गइरहेको छ ।

Open photo

युवाहरुको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका चौधरी स्थानीयबासीहरुबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘जनताको घरदैलोमा जाँदा राजनीतिक दलहरुबाट धेरै नै निराशा पाए, यसपटक मतदाताहरुमा युवा उम्मेदवार नै रोजाईमा परेको देख्छु’–चौधरीले भने । उनले विगतमा जितेर गएका जनप्रतिनिधिले यस क्षेत्रको विकास गर्न नसकेकाले नै जनताले नयाँ उम्मेदवार खोजीरहेको बताए । उनले स्थानीयस्तरको विकास निर्माणलाई प्राथमिकता दिँदै संसदमा यस क्षेत्रको आवाजलाई बुलन्द पार्ने प्रतिवद्धता जनाएका छन् । ‘चुनाव जितेर गएपछि नेताहरु गाउँ नफर्किने जनताको गुनासो देखिन्छ, गाउँका विकास भएन भन्ने धेरै गुनासो सुनियो, यी सबै गुनासो सम्बोधन गर्न म अगाडि सरेको हुँ’–उम्मेदवार चौधरी भन्छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤