Siraha Times
ताजा समाचार

चुनावी चर्चामा सुरेश कार्की

  • कार्तिक २०, २०७९
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २० । चुनाबी मैदानमा होमिएका सिराहा निर्वाचन क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुरेश कार्की आम जनताको घर दैलोमा पुगिरहदा उनको चर्चा यतिबेला गाँउ वस्तिमा व्यापक हुन थालेका छन् । धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चा यतिबेला भइरहेको छ । सिरहाको राजनीतिक इतिहासमा औठा छाप गर्ने उनी पहिलो उम्मेदवार हुन । आम जनताको घर दैलोमा रहिरहदा उनी जनताको गुनासाे सुनिरहेका छन् ।

फरक तरिकाले चुनावी मैदानमा उत्रिएका कार्कीले स्पष्ट रूपमा विकाश निर्माणका तथ्याङ्क संकलन गरिरहेका छन् । धनगढीमाई १२ को गड्मे पुगेका कार्कीले स्थानिय पर्यटनको सम्भावना बोकेको हेलीपेड डाँडा ( जहाबाट उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्न सकिन्छ) , खुट्टी खोलाको कृषि नहर, खानेपानी लगायतका पक्षमा बढी चिन्तित बनेका कार्कीले पर्यटन विकाशमा आफूले यस भेकमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउँनु भयो । संक्षिप्त कुराकानीमा उनले " हालसम्म सिरहाको गागन बस्तीका आम मानिसले भोग्दै आएको समस्याहरू प्रति आफू चिन्तित भएको" बताउँदै विकाशको मूलधारमा उक्त ठाँउलाई जोड्ने बताउँनु भएको छ । आफुले कसैलाई पनि नढाट्ने झुठो आश्वासन नदिने भन्दै आफु निर्वाचित भएपछि विगतका दिनहरुदेखि भोग्दै आएको समस्याहरू समाधान गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१