Siraha Times
ताजा समाचार

सिरहा : कल्याणपुर दुर्गा मन्दिरको शिलान्यास

  • माघ १७, २०७५
  • १०२९ पटक पढिएको
  • राम नारायण पण्डित
alt

सिरहा, १६ माघ । सिरहाको कल्याणपुरमा एक कार्यक्रमबिच दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । कल्याणपुर नगरपालिका ११ मा अवस्थित दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर पुनः निर्माणका शिलान्यास गरिएको हो । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ करोड बढीको लागतमा मन्दिरको नयाँ भवन निर्माण हुन लागेको हो । मन्दिर निर्माणका लागि मन्त्रालयबाट १ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ भने नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मन्दिरको संयुक्त रुपमा बुधवार शिलान्यास गरेका हुन् । भवन एकवर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। 
50834253_558661221307836_6813985359068659712_n
शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिका रुपमा समेत रहेका सांसद राजकिशोर यादवले आधुनिकतासँगै युवा पुस्तामा लोप हुँदै गएको पौराणिक तथा धार्मिक मान्यता र संस्कृतिलाई जोगाउन आग्रह गरे । उनले संस्कार बिना सुन्दर समाज निर्माणको परिकल्पणा असम्भव भएको बताए ।
उनले मिर्चैया–सिरहा जोड्ने सडकको पुनःनिर्माणको काम चाँडै थालिने समेत बताए । 
 
प्रदेश राज्यमन्त्री सुरेश मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई काम गर्न सबै निकायबाट असहयोग भएको दुखेसो पोखेका छन् । उनले संघीय सरकार, प्रहरी प्रशासन, कर्मचारी सबै तिरबाट मात्र असहयोग नै भएको सुनाए । तैपनि काम गर्न खोजे संघीय सरकारले प्रदेश २ सरकारलाई असफल बनाउन विभिन्न हथकण्डा अपनाउँदै आएको आरोप लगाए । उनले केन्द्र तथा अन्य प्रदेशमा काम गर्न नसकेका कर्मचारीलाई मात्र केन्द्र सरकारले प्रदेश २ मा पठाउने गरेको भन्दै काम गर्न असहज भएको थपे ।
51149336_558661301307828_6427729960772829184_n
कल्याणपुर नगरपालिका वडा नं। ११ का वडाध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथिका रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधिसभा सांसद एवं पूर्व सूचना तथा संचारमन्त्री राजकिशोर यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सहभागी थिए । त्यसैगरी, अतिथिका रुपमा कल्याणपुर नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल, सप्तरीका प्रदेश सांसद बिक्की यादव, बिष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादव विभिन्न वडाका वडाध्यक्ष लगायतका  स्थानीयबासी, नागरिकसमाज लगायतको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१