Siraha Times
ताजा समाचार

ऋषि धमलाले धोका दिदै गठबन्धनको पिछलग्गु वनेपछि एमाले सहभागि नभएको दावि

  • कार्तिक १९, २०७९
  • ११०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु २० कार्तिक । प्राइम टेलिभिजनको चुनावी महासंग्राम लाइभ डिवेट कार्यक्रममा ऋषि धमलाले एमाले उम्मेदवारलाई धोका दिदै गठबन्धनको पिछलग्गु वनेपछि एमाले सहभागि नभएकोे निर्वाचन परिचालन कमिटी क्षेत्र नं१ ले प्रेस बिज्ञप्ती मार्फत जनाएकोछ । २ दिनदेखि एमाले उम्मेदवार बलराम अधिकारीसंग पकडीमा कार्यक्रम हुने भन्दै खवर गरेको एमालेले स्पष्ट पारेको छ । निर्वाचन पचिालन कमिटी क्षेत्र नं १ का संयोजक विश्राम चौधरीले कार्यक्रम हुने विहानसमेत पकडीमै हुने भनेरै उम्मेदवार बलराम अधिकारीलाई फ्लोअप गरेको तर कार्यक्रम शुरु हुन भन्दा एक घण्टा अगाडी एकाएक उक्त कार्यक्रम कोपवामा सारिएको भनेर खवर भएपछि एमाले उक्त कार्यक्रममा सहभागि हुन नसकेको स्पष्ट पार्नु भएको छ।

लाइभ डिवेट कार्यक्रम पकडीमा हुने भएपछि २ दिनको तालिका वनाएर प्रदेश क्षेत्र १को २ मा एमाले उम्मेदवार अधिकारी ब्यस्त रहेकोमा सत्ता गठबन्धनका नेताको इशारामा उनीहरुकै घरदैलो चलेको ठाउमा कार्यक्रम सारिएको एमालले आरोप लगाएको छ। एक घण्टा अगाडी सूचना दिएर कार्यक्रम सार्दै सत्ता गठबन्धनको पिछलग्गु वनेपछि धमालाको कार्यक्रममा एमाले सहभागि हुन सकेन निर्वाचन परिचालन कमिटी क्षेत्र नं १ का संयोजक विश्राम थारुले प्रेस विज्ञप्तीमा भन्नु भएको छ। यता उम्मेदवार बलाराम अधिकारीले कतिपय संचार माध्यमले सत्ता गठबन्धनका उम्मेदवार बलदेवसंग एमाले लाइभ डिवेट गर्न डराएको भन्दै आएको समाचार प्रति आपत्ति जनाउनु भएको छ । आफू र आफ्नो पार्टी एमालेले कपिलवस्तु क्षेत्र नं १ का जनतालाई कुनै धोका नदिएको ,झुठठा आश्वासनको पुलिन्दा नबाडेको र चुनाव जितेर निर्वाचन क्षेत्रमा फर्केर नआउने नेताको सूचीमा नपरेको भन्दै डराएर भाग्नु पर्ने कुनै काम नगरेको एमालेको भनाइछ । पकडीमा गएर डिवेट गर्न गठबन्धनका नेता डराएकोले हुन सक्छ कार्यक्रम एकाएक बलदेवलको गृह वडामा सारियो एमालेले भनेको छ । विज्ञप्तीमा एमालेले धमलालाई धोका दिनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेको छ । एमाले जस्तो जिम्मेवार पार्टीलाई २ दिन अघि देखिखवर गरेर अन्तिममा आएर सत्ता गठबन्धनको स्वार्थ अनुरुप उनीहरुकै घरदैलो चलेको स्थानमा कार्यक्रम सारेर धमला आफै फेरी विवादित बनेको एमालेको भनाइछ । एमाले कसैसंग डराउदैन र झुक्दैन भन्दै शाानदार रुपमा चुनाव जितेर मंसिर ४ ओली सरकार भन्ने नारा साकार पार्छ एमालेले दावि गरेको छ । उम्मेदवार अधिकारीको नाम जोडेर आपत्ति जनक समाचार लेख्ने अनलाइन मिडिया प्रति खेद र भ्रत्सना गर्दछ विज्ञप्तीमा भनिएकोछ । हावादारी समाचार लेखेर जनतालाई भ्रमित पार्न खोज्नेहरुलाई एमालेले पत्रकारीतको धर्म निर्वाह गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१