ताजा समाचार

धनगडीमाइले शुरु गर्यो कृषक पाठशाला

  • कार्तिक १९, २०७९
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल लहान १८ कार्तिक । सिरहाको धनगडीमाई न पा को समन्ब्यमा, केयर नेपालको सहयोगमा कृषि ब्यबसाय पाठशाला सञ्चालन सम्बन्धी किसान स्वयम सेवक क्षमता बिकास तालिम राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा शुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शिवशंकर महतो विशिष्ठ अतिथि उपप्रमुख संगिता कुमारी चौधरी अतिथि रा. कृषक स. म. उपाध्यक्ष अमिर लाल यादव लगायतका सहभागीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । एक घर एक प्राबिधिक बनाई कृषि पेशालाई मर्यादित बनाउन, ज्ञानशिपको अभावमा किसानहरुले मापदण्ड बिपरित प्रयोग गरेको रासायनिक बिषादीको नकारात्मक असरलाई कम गर्न गरिरहेको प्रयास एकदमै सराहनिय भएको वक्ताहरुले बताएका छन् । जमीनबाट मित्रजीबको नाश भई शत्रुजीबको बिगबिगी धेरै बढेको अवस्थामा जल, जंगल, जमीन बिशाक्त भएको कारण वातावरण समेत बिग्रीरहेको अवस्थालाई मध्यनजर गर्दै महासंघले ल्यएको कार्यक्रम प्रती सबैको ध्यान जान जरुरी देखिएकोछ । कृषक पाठशाला कार्यक्रम हरेक स्थानिय निकायले समूह र सहकारी मार्फत मात्रै सन्चालन गर्न सक्यो भने देशमा कृषि क्षेत्रमा कायापलट हुने निश्चित छ अमिरलाल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤