सरिता गिरी घरदैलो कार्यक्रममा व्यस्त

  • कार्तिक १७, २०७९
  • १०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, कर्तिक १७ गते । सरिता गिरी दोस्रोपटक सांसदका लागि महिला छापमा मत ल्याउन बिगतका व्यथिती सुनाउदै घरदैलो कार्यक्रममा व्यस्त छिन । पार्टीहरुको भन्दा मेरो स्वतन्त्र मतको रेस अग्रस्थानमा रहेको सुनाए । लिम्पीयाधुरा, लिपुलेख र सिमा नाकाको बिषयमा सांसदमा बोल्दा मेरो सांसद पद गुमे । त्यही ठाउँ पुगाउन जनता मेरो पक्षमा रहेको र क्षेत्र नं.१ सिरहाका लागि मात्र होईन देशका लागि केही गर्न जनता मलाई सांसद बनाउछ भनी पूर्ण आशा गरेको कुरा गिरिले भने । तिनिधि सभा सदस्य पदको स्वतन्त्र महिला उम्मेदवार सरिता गिरिले आज पत्रकार सम्मेलन मार्फते सांसद पदवाट हटाउनुको मुख्य एजेण्डाहरु र चुनावमा बिजयपछि गरिने योजना सम्वन्धि घोषना पत्र र बिगतका दिनमा सांसद भएर लहान लगायत देशका लागि लागि के–के गरे त्यस बिषयमा सार्वजनिक गरेको छ ।

गिरिले सार्वजनिक गरेका अपिल यस प्रकारका छन् ।

सिरहाका क्षेत्र नं. १ का सिरहा जिल्लामा विगतमा मैले गरेका केही विकास कार्यहरु ः (१) लहान स्थित जे. एस. मुरारका क्याम्पसमा पुस्तकालय भवन निर्माणका लागि भारतीय राजदुतावास मार्फत प्रथम चरणमा ५० लाख रुपैयाँ रकम उपलब्ध गराई दिन सहयोग गरेकोछु ।

(२) सिरहा नगरपालिकाको चन्द्रनारायण माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारतीय राजदुतावासको तर्फबाट साढ़े तीन करोडको रकम उपलब्ध गराउनमा सहयोग गरेकोछु ।

३) संघीय समाजवादी पार्टीको तर्फबाट सांसद हुँदा २०७५÷७६ सालमा लहान नगरपालिकाको विकासका लागि शहरी विकास मन्त्रालयको

सघन शहरी विकास कार्यक्रम अन्तर्गत १ अरव रुपैयाको बजेट ल्याउन सफल भएको थिएँ । उक्त परियोजना ५ वर्षको भएकोले त्यसबेला स्वीकृत भएका कार्यक्रमहरु निर्माणको क्रममा रहेका छन् । त्यस परियोजना अन्तर्गत लहान नगरपालिकामा पर्ने राजदेवी मन्दिरसम्म जाने बाटो निर्माण र वस्तीपुरसम्मको बाटो लगायत अन्य बाटोको निर्माण कार्यको रेखदेख गर्नेछु ।

(४) सघन शहरी विकास कार्य कार्यक्रम अन्तर्गत वडा नं. १० का लागि स्वीकृत भएको अर्को योजना यस वडामा पर्ने खुट्टी खोलाको पश्चिम किनारमा वातावरणीय पार्क र ओपेन थियेटर बनाउनका लागि १ करोड लगानी गरी सर्वे भई डिजाइन समेत म सांसद पदमा हुँदा पास भएको हो । उक्त परियोजनाको सम्पन्नताको निगरानी गर्नेछु । क्रियान्वयनमा जानु पर्नेछ ।<>

(५) सांसद विकास कोषबाट लहान नगरपालिकाको वडा नं. १० मा पुस्तकालय भवन बनाउने कार्य भएको छ ।<>

(६) स्वर्गीय माननीय प्रदीप गिरीसंग यस क्षेत्रको विकासका लागि सहयोग गर्दै यस क्षेत्रको विकासका लागि निम्न परियोजनाहरु आएका छन् र परियोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । (क) ठाडी नेपालटार सडक परियोजना

(ख) भगवानपुरमा ड्राइ पोर्ट निर्माण परियोजना

(ग) छपरारी नर्गी सडक खण्ड निर्माण परियोजना

(घ) कुटकी पुल निर्माण परियोजना

(७) यस क्षेत्रका लागि खानेपानी परियोजना ल्याएको छु ।

(८) लहान नगरपालिकाको वडा नं. ४ र सखुवानन्कारुरुंही पालिकाको वडा नं. ४ मा बलान तटबन्ध निर्माणका लागि लगभग ९० लाख रुपैयाँ राष्ट्रपति चुरे भावर कार्यक्रमबाट ल्याउन सहयोग गरेको छुः ।

आदरणीय मतदाताहरुमा हार्दिक अपील ः

अन्त्यमा म यस क्षेत्रका सबै आदरणीय मतदाताहरुसंग हार्दिक अपील गर्दछु कि यस पटक परिवर्तनका लागि मतदान गर्न तैयार हुनुस् र महिला छापमा आफ्नो अमूल्य मत दिई एउटा स्वतन्त्र महिला उम्मीदवारलाई प्रतिनिधि सभा सदस्यपदमा विजयी गराई आफू विजयी बन्नुस् । मधेश विद्रोहको पहिलो शहीद रमेश महतोको शहीद स्थलबाट आफ्नो मत दिई समग्र तराई मधेश एक प्रदेशका लागि आफ्नो सशक्त र स्वतन्त्र आवाज संसदसम्म पुरÞ्याउनुस् । मेरो जीत मधेशवादको जीत हुनेछ । तपाईंका लागि म कुनै नयाँ व्यक्ति होइन । म यस जिल्लामा लोकतन्त्रको जग बसाल्ने वस्तीपुरको गिरी परिवारमा २०३६ सालमा बुहारी भएर आएको छु । धेरै संकट र बाधाका बावजुद मैले आफ्नो जीवन लोकतन्त्र, संघीयता र मधेशवादका लागि समर्पित गरेको छु। संविधान सभा सदस्य भई संविधान बनाउनमा मेरो भूमिका रहेछ मसंग संसद र सरकार चलाउन, दुबै कार्यको अनुभव छ । जनआन्दोलनको नेतृत्व गर्ने नेपाल सद्भावना आनंदी देवी पार्टीको म यस लहान नगरमा भएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रहेको छु । 

संसदमा ऐतिहासिक प्रमाणको आधारमा मधेशको अस्तित्व अधिकार र सम्मानका लागि कुरा राख्दा मसंग भएको दुर्व्यवहारको घटनाबाट तपाईं सबैजना परिचित हुनुहुन्छ। लगभग ३ वर्षपछि म तपाईंहरु समक्ष यस निर्वाचनमा न्यायका लागि उभिएको छु । यस निर्वाचनमा मेरो जीत भएपछि हामीहरुलाई कसैले पनि देशमा दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने हिम्मत गर्ने छैन। मेरो जीत तपाईंहरुको स्वतन्त्रता र मुक्तिको जीत हुनेछ । संघीयतालाई सफल बनाउन मलाई तपाईंको साथ र समर्थन चाहिएको छ ।

म महिला छु र समाजको नजरमा म एक अबला छु तर म मा सत्यका लागि संघर्ष गर्ने हिम्मत र तागत म मा छ । शान्तिपूर्ण वैचारिक संघर्ष गर्ने क्षमता पनि मसंग छ । सन् १८१६ को सुगौली सन्धिको आधारमा हामीसंग भएको सम्पूर्ण विभेदको अन्त्यको यस निर्वाचनका लागि पहिलो एजेन्डा हो । तसर्थ यस निर्वाचनलाई सामान्य रुपमा न लिनका लागि म सबैसित आग्रह गर्दछु। यस निर्वाचनको परिणामले मुद्दा मेरो सुखद् भविष्यका लागि इतिहासले कोल्टो फेर्ने सक्छ । यस जीतपछि हामी नयाँ सुनौलो इतिहास बनाउने गौरवपथमा हामीसंग संगै अगाडी बढ्नेछौं । तसर्थ निर्वाचनमा मतदान गर्ने अवसरमा सानातिना बांधा र आबद्धताभन्दा माथि उठी आफ्नो मतको उपयोग समुदायको मुक्तिका लागि उपयोग गर्न हार्दिक अनुरोध गर्दछु । म यस क्षेत्रका सबै महिला मतदाताहरुसंग हार्दिक अपील गर्दछु कि, साहस गर्नुस्, उठ्नुस् र मेरो निर्वाचन चिन्ह महिला छापमा आफ्नो मत दिई म महिला उम्मेदवारलाई विजयी बनाई सबै महिलाको जीत सुनिश्चित गर्नुस् संकट निवारण र नवनिर्माणको शक्ति ईश्वरले महिलाहरुलाई प्रदान गरेका छन् । आफनो शक्तिको प्रयोग गर्नुस् र सदियोंदेखि विभेदको दुश्चक्रमा फँसेको आफ्नो समुदायको मुक्ति र उन्नतिका लागि आफ्नो परिवारका सदस्यहरुलाई महिला छापमा मत हाल्न लगाउनुस् । यस्ता अपिल गिरीले गरिकिहुन ।

प्रतिक्रिया दिनुहोस

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१