Siraha Times
ताजा समाचार

पिछडिएकाहरुको जिवनस्तर सुधार्न आएको हु : चौधरी

  • कार्तिक १५, २०७९
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली काङ्ग्रेसको तर्फबाट पश्चिम् नवलपरासीको क्षेत्र नम्बर १ बाट उमेदवार रहेका बिनोद चौधरीले नेपाल विभिन्न भाषा,सस्कृतीले भरिएकोले सबै चाड पर्वहरुले विशेष महत्व बोकेको बताउनु भएको छ। पश्चिम् नवलपरासीमा राष्ट्रको पहिचान बोकेका सबै समुदायको बाहुल्यता रहेको हुदा उनिहरुको सस्कृतिको संरक्षण मात्र नभै उनिहरुको जिवनस्तर सुधार्न आवश्यक रहेको चौधरीले बताउनु भयो। श्री जागृती युवा क्लव एवं चाद कन्या समुहले आयोजना गरेको लाठी तथा झमटा कार्यक्रममा बोल्दै चौधरीले कला सस्कृतीको संरक्षक गर्ने दायित्व सबैको रहेको बताउनु भएको छ।मुलत थारु समुदायले पनि यस क्षेत्रमा छठ पर्वलाई विशेष रुपमा मनाउने गरेको छ।सोही अवसरमा बोल्दै चौधरीले यहाका कला सस्कृतिलाई राष्ट्रिय स्तरमा मात्र नभै अन्तरास्ट्रिय स्तर सम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो ।यहाका बिपन्न र राज्यको पहुचमा पुग्न नसकेका समुदायलाई जिविकोपार्जनका निम्ति उधमशिलताको बिकास गर्नु आफ्नो प्राथमिकता रहेको चौधरीको भनाई थियो ।

ग्रामिण क्षेत्रहरुका बस्तिहरुमा थुप्रै समस्याहरु छ जुन कुरालाई मैले नजिक बाट बुझ्ने प्रयास गरेको छु तसर्थ भुईमान्छेहरुको कथा ब्यथा नै मेरो प्राथमिकता हो चौधरीले भने ।यहाको स्थानिय कला र सस्कृतिको संरक्षणका लागि समुदायबाट हुने यस्ता विभिन्न कार्यक्रमहरुले समुदायको पहिचानका निम्ति महत्वपूर्ण भुमिका खेल्ने चौधरीले बताउनुभयो।चौधरी ग्रुपले स्थानिय कला सस्कृतिको प्रवर्द्धनका लागि पुर्वीनवलपरासीमा उन्नत कल्चर भिलेजको स्थापना गरि अन्तरास्ट्रिय स्तरमा समेत यहाको कला सस्कृतीलाई बिस्वसामु पुर्याउन प्रयत्न गरीरहेको छ। चुनाव प्रचार प्रसारका लागि सुस्ता र सरावल गाउपालिकाको पहिलो चरणको अभियान सकेर चौधरी यतिबेला बर्दघाटका मतदाताको गुनासो सुन्न घरदैलो अभियानमा रहेका छ्न।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१