Siraha Times
ताजा समाचार

राष्ट्रिय युवा नेतृत्व अध्ययनका लागि मिर्चैयाका अनिल महासेठ छनौट

  • माघ १७, २०७५
  • २२६७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

माघ १६ । काठमाडौँ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी आँफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिस (University of San Diego,Kroc School & Kroc Institutie for Peace and Justice –IPJ)  को संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program 2019) को दोस्रो शैक्षिक सत्रको लागि प्रदेश नम्बर –२ को जिल्ला सिराहाबाट अनिल महासेठ छनौट हुनु भएको छ ।
 
दोश्रो शैक्षिक सत्रको लागि छनौट भएपछि खुशी व्यक्त गर्दै महासेठले यस कार्यक्रमका बिशेसज्ञ, स्थापित राजनीतिज्ञको अनुभव, मार्गदर्शन , सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मुलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने विश्वास लिएको बताउनुभयो । यस राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भविश्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेता–नेत्री तैयार गर्न सक्ने अपेक्षा लिएको जानकारी गराउनुभयो । ‘कार्यक्रमको शिर्षकले नै मलाई यसमा आकर्षित गरेको हो, अध्ययनका दौरान हुने अन्तरक्रिया , अनुभब आदान प्रदान तथा अग्रजहरुबाट प्राप्त हुने मार्गदर्शनले नेतृत्व क्षमताको बिकाश  भएको छ’,– महासेठले भन्नुभयो । 
51187662_2465578717002656_7660001209511575552_n
‘युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मबिश्वाशको कमि छ, त्यसकारण यस्तो कार्यक्रमले आत्मबिश्वाश बृधि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’,–उहाँले भन्नुभयो ।  यस कार्यक्रमबाट अरु को विचार सुन्ने, अर्को क्षेत्रको ज्ञान हासिल गर्ने, हरेक कुरालाई बृहत र सकारात्मक रुपले हेर्ने मौका मिलेको उहाँले थपिनुभयो । आरोप प्रत्यारोप मात्र होइन, अरुको पनि विचार सुन्ने तथा सहिलाई सहि र गलतलाई गलत भन्ने क्षमताको बिकाश आफुमा भएको महासेठले बताउनुभयो । देशका जटिल तथा चुनौतिपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तैयार गरेका बिशेष समुहको अहम भूमिका हुने उहाँले जानकारी गराउनुभयो ।  तसर्थ, यस समुहले स्थानिय देखि राष्ट्रिय सरकार र सरोकारबालाहरु संग सहकार्य गरि उदाहरणीय बन्ने महासेठले दावी गर्नुभयो । 


को हुन अनिल महासेठ ?

अनिल महासेठ बिधार्थी जीवन देखि नै सामाजिक तथा राजनीतिक काममा सक्रिय हुनु हुन्छ । उहाँले स्थानिय स्तरमा युवा , बिधार्थी तथा विभिन्न संघ संस्थाहरु संग काम गरिरहनु भएको छ । उहाँ तत्कालिन सद्भावना पार्टीको केन्द्रीय वर्गीय मंचको सदस्य सचिब हुदै हाल नेपालको तेस्रो ठुलो पार्टी राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य हुनु हुन्छ । साथै उहाँ नेपाल–भारत खुल्ला सिमा सम्बाद समुहका सक्रिय सदस्यको जिम्मेबारीमा पनि हुनुहुन्छ । राजनीति र सामाजिक सेवाका साथै राजनीति ब्यबस्थापन र चुनाबी ब्यबस्थापनमा पनि उहाँले रुची राख्नुहुन्छ  ।

प्रतिक्रिया दिनुहोस

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार ११। सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५२ ...

बरियारपट्टी गाउँपालि ...

लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ ...

नवराजपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१