ताजा समाचार

नवलपरासीको प्रतापपुरमा किसानको समस्या बुझदै दिपक राज शर्मा

  • कार्तिक १३, २०७९
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी , नवलपरासी पश्चिम नवलपरासीमा नेकपा एमाले बाट प्रतिनिधि सभा १ ख, का उम्मेदवार दिपक राज शर्मा जनताको बिचमा लोकप्रिय हुदै । निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाएको बताए । नेता दिपक राज शर्मा सहित नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागिएकाे हाे । घरदैलोसँगै जनताको समस्या पनि बुझ्दै आएको प्रतिनिधि सभा पदका प्रत्यासी नेता शर्माले बताउनुभयो । घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्या बारे जानकारी लिने गरेको नेता शर्माले प्रतापपुर मिडिया लाई जानकारी दिनुभयो । अहिले जनताको समस्याको बारेमा जानकारी लिएको र निर्वाचित भएपछि समस्या सामाधान गरिने शर्माले बताए । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्धता सहित आफुहरु चुनावी मैदानमा होमीएको उहाले बताउनुभयो। किसानकाे समस्या शिक्षा ,कृषि, रोजगार मध्यनजर गर्दै निर्वाचानमा आएको दिपक राज शर्माले बताउनु भयाे । नवलपरासी १ का बासिहरुकाे समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर आफुलाई मतदान गर्न आम नागरिक संग आग्रह गर्दै घरलैलाेमा ब्यस्त रहनु भएकाे नेता दिपक राज शर्माले बताउनुभयो

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤