Siraha Times
ताजा समाचार

चुनाबी छलफलमा सुरेश कार्की

  • कार्तिक ८, २०७९
  • १२७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सुरेश कार्कीले चुनाबी छलफल गर्नु भएको छ । तिहार र छठको पूर्व सन्ध्यामा उहाँले आफ्ना निर्वाचन क्षेत्रका आम जनतालाई शुभकामना आदानप्रदान गर्ने क्रममा कुशहा, छजना, औरहि लगाएतका ग्रामीण बस्तीमा पुगेर आम स्थानीयसँग भलाकुसारी सहित चुनावी छलफल गर्नु भएको छ । कार्कीलाई स्थानिय जनताहरूले आफूहरुलाई नेताहरुले पटक पटक धोखा दिएको, जितेर गएपछि फर्केर नआएको,कुनै काम पर्दा फोन उठाउन नमानेको पियेलाई फोन उठाउन लगाएको कदाचित भेटीहालेमा पछि कुरा गरौला भनी पन्छाएको जस्ता गुनासो सुनेर कार्की केही समय निशब्द भई कुरा सुनेर बसेका थिए । अत्यन्त दूरदर्शी र लामो राजनीतिक अनुभव बटुलेका कार्कीले आफ्ना भावी योजनाका बारेमा स्थानिय जनतालाई अवगत गराउँदा सबै चकित भएका छन् । कार्यक्रम नियमित जारी रहने बताउदै कार्कीले सिरहाको दुर्गम बस्ती गागन मागन जहां हालसम्म बिजुली बत्ती, बाटोघाटो नपुगेको बस्तीमा पुगेर उज्जायो ल्याउने आफ्नो नैतिक धर्म रहेको संक्षिप्त कुराकानीमा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१