राजनीतिक चर्चित व्यक्ति देवेन्द्रराज कँडेल चुनावी मैदानमा

  • कार्तिक ८, २०७९
  • ८१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्रीसमेत भएका देवन्द्रराज कण्डेल यतिबेला चुनावी घर दैलो कार्यक्रममा ब्यस्त देखिनु भएको छ । सरकारले घोषणा गरेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि पछिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभाका लागि उम्मेदवारी दिएका कँडेल यतिबेला आफ्ना क्षेत्रका आम जनताको घरमा पुगेर घर दैलो कार्यक्रम गरिरहनु भएको छ । राजनीतिक चर्चित व्यक्तित्व भएका कंडेलले जीवनका धेरै आरोह अवरोह पार गर्दै लामो राजनीतिक इतिहास बोकेका भद्र र सालिन व्यक्तित्व मानिन्छन् । कँडेलको जन्म विक्रम सम्वत २०१३ शाल चैत्र १४ गते माता धनदेबी कँडेल र पिता पृथ्वी राज कडेलको कोखबाट भएको थियो । नेपालको राष्ट्रिय राजनीतिसँग समीप मानिने कडेलको पिता पृथ्वी राज कंडेल २०१५ सालमा नेपालको सांसद समेत हुनुभएको थियो त्यसैगरी उनका हजुरआमा राधादेवी कंडेल समेत सांसद हुनुभएको थियो । पाल्हिनन्दन रम्पूर्वा गाउँ घर भएका कडेलले विक्रमसंवत् २०३६ सालदेखि सक्रिय राजनीति गर्दै आइरहनु भएको छ । तत्कालीन अवस्थामा बडहरा दुबौलिया स्थानिय तहको दुईपटक अध्यक्ष भएर राजनीतिक अनुभव बटुलेका कडेलमाथि विक्रमसंवत् २०६० साल भदौ १२ गते शुक्रवार बेलुका सांघातिक हमला गर्दै उनको हत्या प्रयास भएको थियो ।

नेपालको पञ्चायती व्यवस्था विरुद्ध खुलेर बिरोध गर्दै आएका कडेलले बहुदलको खुलेर समर्थन गर्दै आएका कडेलले लोकतन्त्र बहालीमा समेत अहम भूमिका निभाएका थिए । राष्ट्रिय राजनीतिसँग समीप रहेका कडेलले तत्कालीन अवस्थामा उनी गृह मंत्री हुँदा माओवादीका शीर्ष नेताहरुको टाउकोको मूल्य तोकेर राष्ट्रिय रूपमै उनी चर्चामा आएका थिए । उनले आफ्ना दाजु भाउजुको नाममा नवलपरासीमा एक आँखा अस्पतालसमेत निर्माण गराएका छन् । यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस-माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधी सभामा कांग्रेसकै नेता कण्डेलको उम्मेदवारी छ भने प्रदेश(क)मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश(ख)मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ । कंडेल विक्रम सम्वत २०५६ र २०५८ मा २ पटक गृहराज्यमन्त्री बने भने उनी एकपटकनेपाली कंग्रेस पार्टीका जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी समालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

खुट्टी खोला सिँचाई न ...

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला स ...

मेयर महतो द्वारा ठटी ...

रहमुल लहान ७ साउन । सिराहाको धनगढीमाई न.पा.-१२ सरे खोलाको दक्षिण क्षेत्रमा निर्माण सम्पन्न भएको ...

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१