Siraha Times
ताजा समाचार

चुनावी मैदानमा नौलो अभ्यासका साथ सुरेश कार्की

  • कार्तिक ८, २०७९
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा चुनावी मैदानबाट प्रतिनिधि सभा सदस्यका लागि सिरहा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश कुमार कार्कीले आम जनतालाई अवगत हुनेगरी १५ बुँदे प्रतिबद्धता पत्र नेपाली कागजमा लेखेर औठा छाप लगाई सार्वजनिक गर्नु भएको छ । सिरहाको धनगढीमाई स्थित धनगढी बजारको प्राकृतिक अस्पतालको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा करिब ६० जना पत्रकारहरुको उपस्थितिमा सम्मेलन गरि १५ बुन्दे नेपाली पेपरमा (बसहा कागज) घोषणा पत्रका साथ भावी योजना बनाउँदै विकाशको लागि प्रतिबद्धता जनाउदै सम्मेलनकै क्रममा औठा छाप लगाउनु भएको छ । कार्कीले आफूले घोषणा पत्रमा उल्लेख गरेअनुसार निर्बाचित भएपछि काम गर्ने कुरा बताउनु भएकाे छ र साे घोषणा पत्र अनुसार आफूले आम जनताको काम नगरे उहाँले भन्नु भयो " मैले लगाएका औठा छापबाला कागजकाे माध्यमले नेपालकाे कानुन बमाेजिम सजाय समेत भोग्न तयार रहेकाे " दावी गर्दै नेपाली कागजमा भएकाे घोषणा पत्रमा दुबै औलाकाे छाप लगाई साे कागज उपस्तित नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता लगाएत जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई बाड्नु भएकाे थियाे । लिखित कागजमा उनले भनेका छन् " आफू निर्वाचित भएको सातौं दिनदेखि नागरिकता समस्या समाधानका लागि राष्ट्रपति भवन अगाडी अनसन " बस्ने लगायतका भावी योजनाका साथ दूरदर्शी युवा नेताको रूपमा कहलिएका कार्की विगत लामो समयसम्म पत्रकारिता क्षेत्रमा अनुभव बटुल्दै करिब 28 वर्षदेखि ओकालत पेसामा रही कानूनी ज्ञान प्राप्त गरेका कार्की करिब 7 वर्ष सम्म रेडियो नेपालको कार्यकारी निर्देशक भएर काम गर्नु भएको थियो । करिब एक दर्जन बाहिरी मुलुकको भ्रमण गरेका कार्कीले चुनावी मैदानबाट यसरी नेपाली कागजमा औठा छाप लगाउने जिल्लाकै पहिलो उम्मेदवार हुनुहुन्छ । सिरहाको निर्वाचन क्षेत्र नं २ मा करिब एक लाख सात हजार चार सय पैसठ्ठी जनसंख्या रहेको देखिन्छ जहाको चुनाबी मैदानमा कार्की हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१