Siraha Times
ताजा समाचार

लहान ४ मा सरसफाई र बृक्षा रोपन सम्पन्न

  • कार्तिक ५, २०७९
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ कार्तिक - सिरहाको लहान नगरपालिका वाडा नम्बर ४ मा सरसफाई तथा बृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। स्व्च्छ र हरियाली वातावरण रहित समाज निर्माण गर्न सरसफाई तथा बृक्षा रोपन कार्यक्रम गरिएको हो। वरिष्ठ पत्रकार तथा समाजिक चिन्ताजनक बिमल ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी,बिशिस्ट अतिथिमा ईलाका प्रशासन कार्यालयको प्रमुख रेबती रमन शर्मा,ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज प्रहरी नायव उपरीक्षक कुमार मैनाली,वाडा अध्यक्ष राम नाथ पंडित,लहान नगरपालिकाको सरसफाई संयोजक राम औतार शर्मा, श्याम साह,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। प्रमुख अतिथि चौधरीका अनुसार लहान नगरपालिका सरसफाई नै हाम्रो लहानबासीको पहिचान हो भन्दै अभिमुखीकरण गर्न आफनो आफनो वाडाको प्रमुख हो मैले कुनै काखा पाखा गर्दैन। सबै वाडामा समिति गठन गर्नु पर्ने निर्देशन दिएका थिए।

हाम्रो लहान हो सबैलाई आफ्नै लहान हो भने हाम्रो चाहना रहेको बताए। सरसफाई सुधार समिति गठन गरेको अवस्था जन समुदायले गर्यो भने मात्र हुन्छ भने यसबाट सबै टोललाई कसरी सुधार गर्ने मन्साई हुनुपर्ने ईलाका प्रशासन प्रमुख रेबती रमन शर्माले बताए। नगरपालिकाको मात्र होइनन् हामी सबै लहान बासीको दाईत्व रहेको बताए। बृक्षा रोपनबाट सबै जनसमुदाय लाभ लियोस र स्व्च्छ हावापानीको आन्दोलन लियोस र सरसफाई लाई अभियानको रूपमा अगाडि बढाओस भने मेरो बुझाई रहेको ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज कुमार मैनालीले बताए। कार्यक्रमको सभा अध्यक्ष तथा अग्रिमा एकेडमीका संचालक बिमल ठाकुर का अनुसार यो सरसफाई अभियानबाट सम्पुर्ण लहान बासीका जनसमुदायमा सरसफाई गर्ने बानीको बिकास होस् भन्ने उनलेे चर्चा गरेका थिए।सडक पेटीमा विभिन्न प्रजातीको बिरुवाहरु रोपीएका थिए।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१