सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

  • माघ १३, २०७५
  • ९४२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १३ माघ । बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । ट्रयाक्टरको पछाडी बती नहुँदा खास गरी रातीको समयमा दुर्घटना हुने सम्भावना बढी रहेकाले ट्रलीको पछाडी टल्किने खालको रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएको उनले बताए । स्टिकर टाँस्ने अभियान संचालनका लागि मातहतका युनिटमा सर्कुलर गरिएको प्रमुख बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गको साथै ग्रामिण क्षेत्रमा रहेका ट्रयाक्टरहरुमा स्टिकर टाँस्ने काम भईरहेको उनले दाबी गरे । अभियानले सबारी दुर्घटनामा कमी आउने प्रमुख बस्नेतले विश्वास ब्यक्त गरेका छन् । मौसममा आएको परिबर्तनसंगै विहान–बेलुका कुहिरो लाग्ने गरेकाले चालकहरुलाई सजग भएर सबारी चलाउन उनले आग्रह पनि गरेका छन् ।

हाईस र ट्रिपरको गति नियन्त्रण

तिव्र गतिका कारण भईरहेको दुर्घटना कम गर्न हाईस र ट्रिपरको गति नियन्त्रण गर्ने तयारी भईरहेको प्रमुख बस्नेतको भनाई रहेको छ । खास गरी हाईस र ट्रिपर चालकले तिब्र गतिमा लेन मिचेर सबारी चलाउँदा दुर्घटनाको जोखिम बढेको अबस्थालाई मध्य नजर गर्दै यसलाई नियन्त्रण गर्ने गृहकार्य भईरहेको समेत उनले दाबी गरे । छिट्टै पुगिने प्रतिस्पर्धाले सबारी चालकहरुले नियमको पालना नगरी ओभरटेक गरेर सबारी चलाउँदा दुर्घटनाको सम्भावना बढी रहेकाले यसलाई न्युनिकरण गर्न कदम अगाडी बढाईएको प्रमुख बस्नेतले बताए ।

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारीसाधन चेकजाँचमा कडाई गरेका छन् । दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले मातहतका युनिटहरुमा सर्कुलर जारी गर्दै सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको प्रमख बस्नेतले स्पष्ट गरे । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१