Siraha Times
ताजा समाचार

दलितवस्तीमा पुगेर रिजालले गरे सहभोज , रिजाललाई नै जिताउने दलितहरुको सामुहिक घोषणा

  • कार्तिक ४, २०७९
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा ४ कार्तिक पर्सा क्षेत्र नम्बर ४ मा पर्ने जगरनाथपुर गाँउपालिका वडा नम्बर २ लक्ष्मीपुरको दलितवस्तीमा शुक्रबार सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले कोणसभा गर्नुका साथै दलितहरुसंगै सहभोज पनि गरेका छन् ।

कोणसभा पछि दलितहरुसंगै खाना खाएका रिजाललाई दलितवस्तीका मतदाताहरुले मंसिर ४ को निर्वाचनमा दलितवस्तीको एकमुष्ठ भोट दिने सामुहिक घोषणा पनि गरे ।

त्यसअघि कोणसभामा बोल्दै गठबन्धनमा आबद्ध दल लोसपाका नेता अफताब आलमले मंसिर ४ को निर्वाचनमा गरिब दलित र सिमान्तकृत समुदायको हक अधिकारमा काम गर्ने कुशल नेतालाई जिताउन आग्रह गर्दै त्यस्तो नेता पर्सा ४ मा रिजाललाई नै भएको बताए । आलमले भने, ‘ यसपालिको चुनाव पार्टीको मात्र चुनाव होइन , यो चुनाव एउटा शिक्षित नेता र एउटा औंठा छाप नेता बिचको प्रतिस्पर्धा हो , त्यसका कारण जनताले कुशल नेतृत्व नै चुन्नु पर्छ 

आलमले पर्सा ४ मा अहिलेका एमाले उम्मेदवार कस्ता नेता हुन् भन्ने कुरा सबैलाई थाहा नै भएकाले उनिबाट सजग रहनु पर्ने बताए । उनले भने ,‘ एमाले उम्मेदवार एक नम्बरको भ्रष्ट,वन तस्कर लगायत विभिन्न मुद्दामा आरोपित भइ मुद्दा खेपेका व्यक्ति हुन्, त्यसकारण पनि एक भ्रष्टलाई हराउन सबै जनताले रमेश रिजाललाई नै भोट दिएर जिताउनु पर्छ । वडाध्यक्ष नेपाली प्रसाद कुशवाहाको अध्यक्षता र उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव चौहान, जिल्ला प्रवक्ता रमेश पान्डे, जिल्ला सहसचिव नवीन सिंह , क्षेत्रीय सभापति श्रीकान्त यादव , लोसपाका नेता अफताब आलम लगायतका नेता कार्यकर्ताको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१