ताजा समाचार

कपिलवस्तु ३ मा गठबन्धन उम्मेदवार शाहको प्रचार प्रसारमा तिव्रता

  • कार्तिक ३, २०७९
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कार्तिक ३ कपिलवस्तु प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन्। शाह लाई क्षेत्रका जनताले ३ पटक प्रत्यक्षमा आफ्नो मत दिई विजयी बनाएको तथा एक पटक मनोनीतमा सांसद भै क्षेत्रको जनता बिच छुट्टै पहिचान बनाउन सफल युवा तथा विकासशील नेताका रुपमा क्षेत्रको विकास लगायत जनताको सुख दुखमा सधै साथ दिदै आएका कुरा स्थानीय खुलेरै तारिफ़ गर्छन l प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दे आएको र अझ विकास गर्ने उद्देश्यका साथ जनता बिच आफ्नो चुनावी ऐजेंडाका साथ जन समपर्क गरिरहेको जानकारी दिएका छन् l उक्त प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक, बाम लोकतान्त्रिक गठबन्धन समर्थक लगायतको सहभागितामा क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन् l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤