ताजा समाचार

ठाेरीमा रिजालकाे पक्षमा उर्लियाे जनसागर,जनताहरुको लागि आशाको किरण बन्दै रमेश रिजाल

  • कार्तिक ३, २०७९
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा ३ कार्तिक पर्साको ठोरीमा वाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । ठोरीको वडा नम्बर ४ आठघरेमा आयोजित भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो । भेलामा सहभागिले मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर ४ मा गठबन्धनका साझा उम्मेद्वार प्रतिनिधि सभातर्फ रमेस रिजाल र प्रदेश सभातर्फ शंकर चौधरीलाई मतदान गरि विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार रिजालले अहिलेको चुनाव लोकतन्त्र बिरोधी शक्तिलाई परास्त गर्ने चुनाव रहेकोले जनताले सत्ता गठबन्धनलाई जिताउनु जरुरी रहेको बताए । उनले भने, ‘देश संघीयतामा गइसकेको छ, अब भने बिकास निर्माण तर्फ मुलुकलाइ अगाडि बढाउने बेला भएको छ, त्यहीकारण पनि काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन जरुरी छ ।’

रिजालले ठोरीको बिकासको लागि आफ्नो तर्फबाट सदैव प्रयास रहने प्रतिबद्धता पनि । भेलामा कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठले प्रतिगमनकारीलाई परास्त गर्न पनि मंसिर ४ को चुनावमा गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन लागि पर्नुपर्ने बताए । भेलामा माओवादी केन्द्रका प्रदेस सदस्यसमेत रहेका ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पिएल श्रेष्ठले अधिनायकवाद, सर्वसत्तावाद र प्रतिगमनलाई परास्त गर्न गठबन्धनका उम्मेद्वारलाई मतदान आफूहरु तम्यार रहेको बताए । संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि आफूहरु अहिले गठबन्धनका कांग्रेसका उम्मेद्वारलाई मतदान गर्न अग्रसर भएर बसेको बताए । आफूहरुले यस अघि हसिया हतौडामा मत हाल्दै आएको भए पनि यस पटक भने यहाँका माओवादी कार्यकर्ताले कुनै पनि कन्जुस्याइ नगरी रुखमा मत हाल्न तम्तयार भएको उनले बताए । यस्तै ठोरी गाउँपालिका वडा नम्बर ४ वा पूर्व वडाध्यक्षसमेत रहेका माओवादी नेता बहीबहादुर पाख्रिनले आफूहरु गठबन्धनका दुबै उम्मेद्वारलाई विजयी बनाउने अभियानमा लागि परेको बताए ।

यस्तै वडा नम्बर १ का माओवादीका वडाध्यक्ष शुसील अधिकारीले कोही पनि नहिच्किचाई यस पटक रुख चिन्हमा मतदान गर्न माओवादी साथिहरु तयार रहेको बताए । उनले पालिकाको वडा नम्बर १ विकास निर्माणमा पछि परेकाले त्यसलाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गर्न आग्रह गरे । ‘वडा नम्बर २ सम्म कालो पत्रे सडक सञ्जाल हुँदा आउजाउमा सहज छ, तर वडा नम्बर १ को ढेडु खोलामा पुल नहुँदा वर्षायाममा आउजाउमा निकै कठीनाई छ,’ उनले भने, ‘पुल बनाउने प्रतिबद्धता हामी चाहन्छौँ, रोकिएको हुलाकी सडक पूर्णताको प्रतिबद्धता चाहन्छौँ । भेलामा ठोरीका पाँचै वडाका माओवादी र कांग्रेसका नेता कार्र्यकर्ताको सहभागिता रहेको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤