Siraha Times
ताजा समाचार

नेपाली कांग्रेस क्षेत्र नं ४ को घरदैलो निरन्तरता

  • कार्तिक २, २०७९
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २ कार्तिक लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले पर्सा क्षेत्र नम्बर ४ मा पर्ने कालिकामाई गाउँ पालिकाकाे कटी बलुवा , पाेखरिया नगरपालिकाकाे फुलवरिया र बसन्तपुरमा बुधबार चुनावी घरदैलो कार्यक्रम गरेका छन् । पर्सा ४ का काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले दलका नेता कार्यकर्तासंगै कटि बलुवा र पोखरीया नगरपालिकाको बसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गरेका हुन् । घरदैलो कार्यक्रममा मतदाताहरुसंग भेट्दै दुवै उम्मेदवारले जनताको सुखदुखमा साथ दिदै आएकाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका थिए । प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई नै मत दिएर विजयी बनाउन अनुरोध गरे ।

संविधान र लोकतन्त्र मास्न खोज्ने दल एमाले र उससंग घाँटी जोडेको जसपा दुवै अहिले सत्ता स्वार्थका लागि एक भएकाले उनिहरुलाई परास्त नगरिए फेरि संविधान र लोकतन्त्र समाप्त पार्ने खतरा रहेको पनि उनले बताए । रिजालले भने ,‘ जसले मधेसको मसिहा भनेर मधेसीको बलिदानी दिन लगायो त्यहि दल अहिले मधेस विरोधी एमालेसंग घाँटी जोड्न पुगेको छ , यदि उनिहरुलाई चुनावमा जनताले परास्त गरेनन् भने फेरि पनि लोकतन्त्र र संविधान दुवै खतरामा पर्न सक्छ , जनताले यो कुरा बु्झन जरुरी छ । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा काँग्रेस सदैव साथ दिने पार्टी काँग्रेस नै रहेको कुरा इतिहासले पुष्टि गरिसकेको पनि बताए । घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१