Siraha Times
ताजा समाचार

गोलबजारमा वेवारीसे अवस्थामा नवजात शिशु भेटियो

  • माघ ९, २०७५
  • ९९१ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०९ माघ । सिरहाको गोलबजारमा एक नवजात शिशु फेला परेको छ । गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँप बगैचामा रहेको परालको कुन्यूमा तेल लगाएर सुताइराखेको अवस्थामा नबजात शिशु फेला परेको प्रहरीले जनाएको छ । बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिए । १०/१५ दिनको जस्तो देखिने बालकलाई तेल मालिस गरेर चिटिक्क पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले बताए ।
 
बच्चा अवैध सम्वन्धबाट जन्मेको हुन सक्ने अनुमान गरिएको छ । श्रीमान बैदेशिक रोजगारीमा रहेका महिलाले परपुरुष सँगको अवैध सम्वन्धका कारण बच्चा जम्मिएको हुन सक्ने अनुमान गरिएको छ ।नवजात शिशु गोलबजार स्थित भुमिजा अस्पतालमा राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म कसैले मेरो बच्चा हो भनेर खोज्दै नआएकोले आवश्यक प्रकृया पुरा गरी कतै जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१