Siraha Times
ताजा समाचार

धार्मिक पर्यटनको लागि लहान महोत्सवको तयारी

  • माघ ९, २०७५
  • १००५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ९ माघ । सिरहाको लहानमा यही चैत २५ गतेदेखि ‘लहान महोत्सव २०७५’ को आयोजना हुँदैछ । लहान नगरपालिकाका मेयर मुनी साहले मंगलवार महोत्सवको लागि जनअपेक्षा संकलन तथा सल्लाह सुझावको लागि आयोजना गरिएको एक कार्यक्रममा उहाँले धार्मिक पर्यटनलाई विकास गर्न यो महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँनुभयो । मेयर साहले स्थानीय साँस्कृतिक र कृषिलाई बिशेष जोड दिँदै समृद्धि लहानमा परिनत हुने कार्यहरुलाई महत्व दिने बताएका छन् । खासगरि शिक्षा ,स्वास्थ, संचार ,खेलकुद, स्थानीय कला, उद्योग ब्यापार र बिज्ञान प्रविधिको प्रदर्शन गरिने मेयर साहले बताएका छन् ।

महोत्सव चैत्र २५ देखि बैशाख १० गतेसम्म चल्ने जानकारी दिँदै मेयर साहले मुलुकको औद्योगिक उत्पादनहरूको बजार पहिचान, सम्भाव्य लगानी क्षेत्र, कृषि र खनिजजन्य वस्तुको औद्योगिकीकरण, वातारणीय, फोहरलाई मोहरमा परिनत गर्ने, जलस्रोत र पर्यटन क्षेत्रमा सम्भाव्य लगानी, औद्योगिकीकरणका लागि नयाँ प्रविधिबारे जानकारी गराई समग्र विकासमा महोत्सवको माध्यमबाट टेवा पुग्ने विश्वास मेयर साहले बताएका छन् ।

हाम्रो लहान, समृद्ध लहान पर्यटन सहितको सुन्दर नगर निर्माण भने मूल नाराका साथ लहान महोत्सबमा भारतका सीमावर्ती क्षेत्रका दर्शकहरूसमेत गरी करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको उद्घाटनका दिन हरेक समुदायले आफ्नो भेषभूषा र संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्नेछन् । महोत्सवको उद्घाटन र समापन समारोहको दिनसमेत गरी १५ दिन सङ्गीत साँझ, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जन कार्यक्रम र उदघाटनको समयमा प्रस्तुत गरिने विभिन्न स्थानीय झाँक्री महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न लहान नगरपालिकाका मेयर मुनीका संयोजकत्वमा ६ सदस्य मूल समिति समेत गठन गरिएको छ । यो सँगै उपसमिति गठन प्रक्रिया अघि बढाइएको लहानका मेयर मुनी साहले बताएका छन् । उद्घाटनका दिन महोत्सवमा प्रवेश निःशुल्क गरेको छ भने अन्य दिनमा टिकट प्रक्रियाबाट प्रवेश गर्न पाइने छ । महोत्सवको लागि ३० विघा जग्गाको आवश्यकता रहेको छ भने यसको लागि पशुपति आदर्श माविका पछाडि रहेको टाउन प्लानिँगको जग्गामा सँचालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१