ताजा समाचार

काँग्रेस उम्मेदवार रिजाललाई ठोरीमा भव्य स्वागत

  • असोज २८, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २८ असोज पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजाललार्र्ई ठोरीमा भव्य स्वागत गरिएको छ शुक्रबार ठोरी गाँउपालिकाको निर्मलवस्तीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजाललाई स्थानीयवासीले भव्य स्वागत गरेका हुन् ।काँग्रेस नेता कार्यकर्ता र स्थानीयले समेत काँग्रेस उम्मेदवार रिजाललाई खादा , गम्छा र माला लगाएर स्वागत गर्दै उनको जितका लागि नारा पनि लगाएका थिए । कार्यक्रममा बोल्दै रिजालले आफु पदमा रहे पनि नरहेपनि ठोरी र क्षेत्र नम्बर ४ को जनताको सुखदुखमा सदैव साथमा रहदै आएको बताए । उनले ठोरी र यस क्षेत्रको विकास र समृद्धिका लागि लामो समय देखि सांसद पदमा नरहेपनि सकेको जति योगदान दिदै आएकोे जिकिर पनि गरे । रिजालले भने ,‘ म कस्तो नेता हु ठोरीका जनतालाई बताइरहन जरुरी छैन , यहाका जनताको हरेक सुखदुखमा साथमा रहदै आएको छु , त्यस कारण आगामी निर्वाचनमा जनताले मलाई एक पटक अवसर दिने कुरामा म विश्वस्त छु । उनले भने ,‘ २०७४ को निर्वाचनमा जितेका सांसदले चुनाव जितेपछि क्षेत्र नम्बर ४ का लागि के के गरे ? ठोरीलाइ माया गरे कि गरेनन् ? अहिले उनि कुन क्षेत्रमा भागे ? यसको मुल्यांकन ठोरीका जनताले गरिरहेका छन् ।

रिजालले जनताले २/३ बहुमत दिदा समेत पद र सत्ताका लागि तीन बर्ष पनि सरकार चलाउन नसक्ने र पार्टी भित्रको आन्तरिक किचलोका कारण दुई दुइ पटक सांसद नै बिघटन गर्ने एमालेलाई पनि आगामी चुनावमा जनताले तह लगाइ दिने बताए । संविधान र लोकतन्त्र रक्षाका लागि काँग्रेसले पाँचदलीय गठबन्धन गर्नु परेको प्रस्ट्याउदै रिजालले आगामी निर्वाचनमा संविधान र मधेस विरोधी एमालेलाई परास्त गरेर फेरि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा पनि गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि भएपनि काँग्रेसलाई मत दिन अपिल पनि गरे । काँग्रेसका ठोरी गाँउपालिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे , महाधिबेशन प्रतिनिधि एंव जिल्ला सहसचीव नवीन सिन्ह ,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचीव बालिस्टर अहमद, युवा नेता राकेश यादव लगायतका नेताकार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤