Siraha Times
ताजा समाचार

लहानमा ज्योती मगरको अश्लिलता चल्दैन

  • माघ ७, २०७५
  • २११७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ७ माघ । लहानमा ज्योती मगरको अश्लिल डान्ससहितको गीत प्रस्तुत नगर्ने सन्तोष राजले बताए । उनले भने यहाँको दर्शकका मनस्थितिलाई मध्यनजर गरी हाम्रो सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने बताए । सिरहाको लहानमा आउदो माघ २६ गते लहान साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।एस राज प्रोडक्सनस् प्रा.लि. आइतवार बाटिका टुरिजम लहानमा पत्रकार सम्मेलन गरि २६ गते हुन लागेका लहान साँस्कृतिक कार्यक्रमबारे सार्वजनिक गरेको छ । विगत लामो समयदेखि एस राज प्रोडक्सनस् प्रालिने राष्ट्रिय अन्तर्राष्टियस्तरमा विभिन्न सेलेब्रेटिहरुको सहभागितामा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

सोही क्रममा जनकपुर होली हँगामा, गरुडा साँकृतिक कार्यक्रम, भोजपुरी नेपाली स्टार नाईट विरगन्ज, त्रिपल धमाका(दोहा कतार) लगायत दर्जनौ ठाउँमा सफल कार्यक्रम गरिसकेको छ । यसैलाई आत्मसात् गरी लहान साँकृतिक कार्यक्रमको आयोजना यही माघ २६ गते शनिवारका दिन दिउँसो २ बजेदेखि बाटिका टुरिजम ग्राउण्डमा गरिने भएको छ । यसको लागि सहयोगीहरुमा नेपाल टेलिकम टाइटल स्पाउनसर रहेको छ । यसैगरी, पावर वाई टुवर्ग वियर, स्पोन्सर वाइ वाई तयारी चाउ चाउ, प्रोमोटेड वाई नेपाल टुरिजम बोर्ड, हस्पीलिटी पाटर्नर, बाटिका टुरिजमलगायत विभिन्न सहयोगी हातहरु रहेको छ ।

यसमा मुख्य कलाकारहरु भोजपुरी सुपरस्टार अक्षरा सिहं, नेपालि चर्चित गायिका ज्योती मगर, नेपाली भोजपुरी गायिका सेलिना कुँवर, सँगीतकार तथा गायक सन्तोष राज, भरत साह, विजय यादव निर्वित, मोडेल तथा डान्सर मुस्कान सिहं, अमिता छन्टेल साथमा कार्यक्रम सँचालिका ललिता दासलगायत स्थानीय कलाकार सहितको भव्य साँकृतिक कार्यक्रमको आयोजना हुने भएको छ । यस कार्यक्रमको संचालन ललिता दासले गरेकी थिइन् र अध्यक्षता संतोष राजले गर्नु भएको थिए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१