Siraha Times
ताजा समाचार

विजयनगरमा जनता समाजवादी पार्टी द्धारा पार्टी कार्यालय उद्घाटन

  • असोज २६, २०७९
  • ९८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विजयनगर कपिलवस्तु जनता समाजवादी पार्टी नेपालले विजयनगर ६ खडैचामा पार्टी कार्यालय उद्घाटन गरेको छ । आज एक कार्यक्रमका विच जनता समाजवादी पार्टी नेपालले पार्टी कार्यालय उद्घाटन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज नविन सुनुवारको प्रमुख आथित्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुनुवाइरले काँग्रेस, कम्युनिष्ट जस्ता पुराना पार्टीहरुले राजनीतिलाई समाज सेवा नभई कमाइ खाने भाँडो बनाएर राजनीतिमा अनेक विकृति र विसंगति भित्र्याएकाले जनता समाजवादी पार्टीले ती विकृति विसंगतिको अन्त्य गर्दै जनताको चाहना बमोजिमको विकास, समृद्धि, उन्नति र प्रगति ल्याउने बताए । उनले देशमा राजनीतिक परिवर्तनसँगै भएको राज्यको पुनर्संरचनाले आम गरिखाने जनताको दैनिकी सुधार गर्नुपर्नेमा त्यस्तो हुन नसकेकोले अब जनताको अवस्था फेर्ने राजनीति आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका प्रदेश अध्यक्ष तथा क्षेत्र नं ३ (ख) का प्रदेश सदस्यका उम्मेदवार असोक यादवले जनताको अधिकार सुनिश्चितताको लागि मधेशी, थारु, मुस्लिम, आदिबासी जनजाति, दलित, महिला एक ठाउँमा गोलबद्ध हुनुपर्नेमा जोड दिदैं अझै पिछडिएको बर्गले अधिकार पाउन नसकेको दाबी गरे यदावले अबको निर्वाचन जसपाले जिते मात्रै सबै बर्गले अधिकार प्राप्त गर्ने बताए । जनता समाजवादी पार्टी वैकल्पिक सक्तीका रूपमा उदाइरहेको दाबी गर्दै उहाँले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टी देशै भरबलियो बन्ने बताए । कार्यक्रममा सम्बोधन गर्दै संघिय परिषद् तथा परदेश प्रवक्ता अकरम पठानले जसपा शोषित, उत्पीडित समुदाय र सर्वहारा बर्गको पार्टी भएको बताए । देशमा सबैखाले विभेद अन्त्य गर्न आउदैं गरेको निर्वाचनलाई उपयोग गर्नुपर्नेमा जोड दिदै पठानले पहिचान, अधिकार, प्रतिनिधित्व र विकासलाई एकसाथ अगाडि बढाउन निर्वाचनमा जसपाका उम्मेदवारलाई सरकारको नेतृत्वमा पु¥याउने अवसरबाट चुक्नु नहुने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य हरी कला सुनुवार, क्षेत्रिय अध्यक्ष जगदम्बा कुर्मी, समानुपातिक उम्मेदवार जगमोहन बरई , जासपा गाउँ कमिटी अध्यक्ष सन्तराम तेलि ,शाहा नवाब शाहा बुधराम थारु , वडा नं ३ का वडा अध्यक्ष बि .के चौधरी लगायतले बोल्दै अबको निर्वाचनमामा जनता समाजवादी पार्टीले ऐतिहासिक विजयी हासिल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१