देश विकासको लागि एमाले सरकारको आवश्यकता : केन्द्रिय सदस्य गुप्ता

  • असोज २६, २०७९
  • ७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम केन्द्रिय सदस्य राजकुमार गुप्ताले आज देखि घरदैलो कार्यक्रमको शुभारम्भका साथ आफ्नो सक्रियता बढाएका छन् । केन्द्रिय सदस्य गुप्ताले आज पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर ३ र ४ अन्तरगतका टोलहरु पकाहा , मैनपुर , लहावरथकरी,खेश्राहा, भेलाहा , धोबीया टोल लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन । कार्यक्रममा नेकपा एमाले र जस्पाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार डा. मधु गुप्ता , (क)का उम्मेदवार मंजूर अंसारी , एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्रा , प्रेस चौतारी पर्सा जिल्ला अध्यक्ष श्याम बञ्जारा , राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम , केन्द्रिय सदस्य रवि गुप्ता , नेता शिव पटेल , गाउँपालिका कमिटीका इञ्चार्ज विकास पाण्डेय , गाउँपालिका कमिटी अध्यक्ष अकलेश साह, उपाध्यक्ष कृष्ण कुशवाहा , नेता हनिफ अंसारी , पुर्व गाँउपालिका अध्यक्ष एवम पाकाहा मैनपुर गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया,फरमान मियाँ, राजेश्व रौनियार,गम्भिरा साह लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । सो अवसरमा नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

खुट्टी खोला सिँचाई न ...

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला स ...

मेयर महतो द्वारा ठटी ...

रहमुल लहान ७ साउन । सिराहाको धनगढीमाई न.पा.-१२ सरे खोलाको दक्षिण क्षेत्रमा निर्माण सम्पन्न भएको ...

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१