प्रदेशसभा सदस्य पर्सा क्षेत्र नं ३ (ख) मा मधु गुप्ता को उम्मेदवारी, विकास र समृद्धिको पक्षमा मत दिन आग्रह

  • असोज २४, २०७९
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पोखरिया २४ असोज डा. मधु गुप्ता जसपा र नेकपा एमालेको साझा उम्मेदवारको रुपमा प्रदेशसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएकी छन् । डा. मधु गुप्ता पर्सा क्षेत्र नं ३ (ख) बाट प्रतिस्पर्धामा आएकी हुन् । आइतबार स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागितामा मनोनयन दर्ता भएको हो । शुरुमा जसपाबाट क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा उनको नाम सिफारिस भएको थियो । एमालेसँग चुनावी तालमेल गर्ने भएपछि उनी प्रदेशसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएकी हुन् । जनताको सेवा र स्थानीय सरोकारहरुको सम्बोधनका लागि उनले प्रदेशसभामा सक्रिय भूमिका निभाउने भन्दै आफूलाई मत दिएर जिताउन आग्रह गरेकी छन् । चिकित्सा क्षेत्र छोडेर प्रत्यक्ष राजनीतिमा होमिएकी गुप्ता राजनीतिमा युवाहरुको सक्रियतालाई जोड दिँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१