ताजा समाचार

प्रदेशसभा सदस्य पर्सा क्षेत्र नं ३ (ख) मा मधु गुप्ता को उम्मेदवारी, विकास र समृद्धिको पक्षमा मत दिन आग्रह

  • असोज २४, २०७९
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पोखरिया २४ असोज डा. मधु गुप्ता जसपा र नेकपा एमालेको साझा उम्मेदवारको रुपमा प्रदेशसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएकी छन् । डा. मधु गुप्ता पर्सा क्षेत्र नं ३ (ख) बाट प्रतिस्पर्धामा आएकी हुन् । आइतबार स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागितामा मनोनयन दर्ता भएको हो । शुरुमा जसपाबाट क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा उनको नाम सिफारिस भएको थियो । एमालेसँग चुनावी तालमेल गर्ने भएपछि उनी प्रदेशसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएकी हुन् । जनताको सेवा र स्थानीय सरोकारहरुको सम्बोधनका लागि उनले प्रदेशसभामा सक्रिय भूमिका निभाउने भन्दै आफूलाई मत दिएर जिताउन आग्रह गरेकी छन् । चिकित्सा क्षेत्र छोडेर प्रत्यक्ष राजनीतिमा होमिएकी गुप्ता राजनीतिमा युवाहरुको सक्रियतालाई जोड दिँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤