राजनीतिक यात्रामा धर्मेन्द्र गिरी

  • असोज २३, २०७९
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि नवलपरासी ( बर्दघाट सुस्ता पक्षिम) निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी धर्मेन्द्र गिरीले दर्ता गराउनु भएको छ । गिरीले जिल्लामा आम किसानको समस्या , केरा किसानको समस्या , डुवान समस्या , ट्राफिक सचेतना लगायतका सामाजिक कार्यमा विगतका दिनहरूमा सक्रिय भुमिका निर्वाह गर्दै आएका गिरी चुनाबी मैदानमा होमिएका छन । सामाजिक कार्यमा निक्कै चतुर मानिएका गिरीले समाजमा रहेकाे विकृति विसंगतिको विरुद्धमा हरदम समाजलाई सचेत गराउँदै आइरहनु भएको छ ।

उनी स्वच्छ, ईमान्दार , स्पस्ट बक्ता , मृदु भाषी , दुरदर्शी साथै आम जनताको वारेमा चिन्तित भइरहने गिरीले आफनो राजनीतिक यात्राको स्वतन्त्र रूपमा अगाडि बढ्ने धारणा अगाडी ल्याएका हुन् । पुराना नेतागण भनाउदा हरुले समाजमा हालसम्म समाजको हित हुने काम नगरेको आम जनतालाई सास्ति दिएको समाजमा भ्रष्टाचार , अत्याचार अनि तस्कर नीतिलाई उखेलेर फाल्नको निम्ती र जिल्लाको अनुहार फेर्नको निम्ति चुनाबी मैदानबाट उनी जस्ता स्वतन्त्र व्यक्तिको आगवनमा तपाईं हाम्रो साथ सहयोग आवश्यक भएको हुनाले समयमा असल नेतृत्वको पहिचान गर्न जरुरी देखिएको छ । स्मरण रहोस् उनी नवलपरासी यूवा समाजका अध्यक्ष पदमा रहेर काम गर्दै आएका अशल समाजका व्यक्ति मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१