Siraha Times
ताजा समाचार

राजनीतिक चिन्तनका धनी देब कुमार यादव

  • असोज २३, २०७९
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि पत्रकारीता क्षेत्रका हस्ती देवकुमार यादव सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । यादबले पत्रकारिता मार्फत सिराहा जिल्लामा मात्र नभएर केन्द्रसम्म आफ्नो छुट्टै पहिचान बनाएका यादब प्रतिनिधिसभा चुनाबको लागि सिरहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिन स्थानिय धनगढीमाई नगरपालिकाको नव निर्मित प्रसासनीक भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

पत्रकारिता जगतमा निक्कै चतुर यादवले समाजमा रहेकाे विकृति विसंगतिको विरुद्धमा हरदम समाजलाई सचेत गराउँदै आइरहनु भएको छ । उनी स्वच्छ, ईमान्दार ,निस्कल्न्क , स्पस्ट बक्ता , मृदु भाषी , दुरदर्शी साथै आम जनताको वारेमा चिन्तित भइरहने यादवले आफनो राजनीतिक यात्राको स्वतन्त्र रूपमा अगाडि बढ्ने धारणा अगाडी ल्याउँदा आम सिराहा बासी खुसी भएका छन् । पुराना नेतागण भनाउदा हरुले समाजमा हालसम्म समाजको हित हुने काम नगरेको आम जनतालाई सास्ति दिएको समाजमा भ्रष्टाचार , अत्याचार अनि तस्कर नीतिलाई उखेलेर फाल्नको निम्ती र सिराहा जिल्लाको अनुहार फेर्नको निम्ति चुनाबी मैदानबाट देवकुमार यादव जस्ता स्वतन्त्र व्यक्तिको आगवनमा तपाईं हाम्रो साथ सहयोग आवश्यक भएको हुनाले समयमा असल नेतृत्वको पहिचान गर्न जरुरी देखिएको छ ।

संक्षिप्त कुराकानीमा " सामाजिक रुपान्तरण आफनो मूख्य मुद्दा हुने " यादबले वताएका छन् सिराहाको पत्रकारितामा अमूल्य योगदान गर्दै पत्रकारिता मार्फत् समाज परिवर्तनका लागि दिएको योगदानको उचित मूल्यांकन गर्दै सिरहाका जनताले उनलाई चुनाबी मैदानमा उत्रिनका लागी दिएको आदेश मुताबिक उनी चुनाबी मैदानमा होमिएका छन् । आम जनताले उनलाई नीति निर्माण तहमा पुगाउँन अति आवश्यक भएकोले आफनो आफनो ठाउँबाट साथ सहयोग गर्न तयार रहने वेला आएको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१