सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

  • असोज २३, २०७९
  • ७८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । नेपालको राजनीतिक परिवर्तनको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेका चर्चित लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ को (क) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका छन् । विद्रोहीले दिएको उमेदवारीको सबैतिर चर्चा छ । आयोगको नियम अनुसार २६ गते विद्रोहीले चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका तेजुलाल चौधरी, प्रदेशसभा (क) मा एकिकृत समाजवादीको गोविन्द न्यौपाने, प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका इन्द्रदेव यादव लगायतका स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आन्तरिक विवादको कारण जसपा र एमाले गठबन्धनबाट अहिलेसम्म मनोनयन दर्ता भएको छैन् । मनोनयन दर्ताको क्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१