Siraha Times
ताजा समाचार

भोली प्रदेश २ सरकारले लहानमा बलिदानी दिवस मनाउने, प्रदेश २ मा सार्वजनिक विदा

  • माघ ४, २०७५
  • ९५२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

माघ ४ । प्रत्येक वर्ष माघ ५ गते मधेशवादी दलले मनाउँदै आएको बलिदानी दिवस यस वर्ष प्रदेश २ सरकारले औपचारिक रुपमै मनाउने भएका छन् । मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता रमेश महतो सहादत भएको स्मरणमा प्रत्येक वर्ष मधेसवादी दलले बलिदानी दिवस मनाइदै आएका छन् ।विद्यार्थी नेता महतोको सिरहाको लहानमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । यसवर्ष प्रदेश २ सरकारले नै औपचारिक रुपमा बलिदानी दिवस मनाउन लागेको हो । शनिवार सिरहाको लहानमा प्रदेश सरकारले विशेष कार्यक्रम गरी बलिदानी दिवस मनाउने प्रदेश सरकारका प्रवक्ता विजय यादवले जानकारी दिए । घाइते तथा सहिद परिवारलाई सरकारको तर्फबाट विशेष सम्मान गर्ने तथा घाइतेका लागि उपचारको विशेष प्याकेज घोषणा गर्ने बताइएको छ ।
लहानमा हुने कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहने छन् भने भने विशिष्ट अतिथिको रुपमा प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउत रहने छन् ।
कार्यक्रममा प्रदेश सरकारका सबै मन्त्री तथा राजपा र फोरम नेपालका सांसदलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ । साथै, केन्द्रबाट फोरम नेपालको तर्फबाट उपेन्द्र यादवसहित सो पार्टीका अन्य नेताहरुको पनि सहभागीता रहनेछ । यस्तै राजपा नेपालबाट पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

यस पटक माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिने घोषणा गरिसकेको छ । प्रदेश २ सरकारले अगामी माघ १ गते र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत पुस १९ गते बसेको प्रदेश २ सरकारको मन्त्री परिषदको बैठले मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१