ताजा समाचार

जिल्ला सभापतीहरुद्धारा प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण

  • असोज १९, २०७९
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १९ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिती अनुसार उम्मेदवारको नाम छनौटको विषयलाई लिएर पार्टी कार्यालय सानेपा ललितपुरमा नेपाली काँग्रेस पार्टीका मधेश प्रदेशका जिल्ला सभापति ज्यूहरुले सामूहिक ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस पार्टीकाे तर्फबाट भइरहेको उम्मेदवार छनौट प्रक्रियामा मधेश प्रदेश अन्तर्गतका ८ ओटै जिल्ला सभापति ज्यूहरुसंग न्यूनतम परामर्श समेत नगरी र पार्टीको पक्षमा जनादेश हुँदा हुदै पनि कार्यकर्ताको भावना विपरित न्यून संख्यामा क्षेत्र पार्टीको भागमा लिएर अन्यसँग चुनावी गठबंधन भइरहेको आरोप लगाउँदै पार्टी सभापति ज्यूहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण गराउनु भएको छ । पार्टीको नीति विपरितका निर्णयहरु प्रधानमन्त्री तथा पार्टी सभापति समेत रहेका शेर बहादुर देउवाले गरिरहेको कुरा गाईगुँई हल्ला सञ्चार माध्यमबाट जानकारीमा आएकोले सो कार्य तत्काल रोकि मधेश प्रदेशको ८ ओटै जिल्लाले गरेको उम्मेदवार सिफारिसलाई मध्यनजर गरी निर्वाचन क्षेत्र तथा उम्मेदवारको नाम चयन गर्दा सम्बन्धित जिल्लाको जिल्ला सभापति संग राय परामर्श गर्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका जिल्ला सभापति रामचन्द्र यादवले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤