ताजा समाचार

सिरहा क्षेत्र नम्बर १ क को प्रत्यक्ष तर्फ टिकट आफुलाई हुनुपर्छ: नेता चौधरी

  • असोज १९, २०७९
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ असोज - नेपाली काङ्ग्रेसका बरिस्ठ नेता अछमित लाल चौधरीले मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्माणमा सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फको टिकट आफुले पाउनु पाउनुपर्ने पत्रकार समेलमा जोडदार माग राखेका छन्। २०३३ साल देखि राजनीतिमा लागेका उनी प्रजातान्त्रिक आन्दोलनको हरेक आन्दोलनमा अग्रनी भुमिका निर्वाह गरेका उनले पंचात कालमा वाडा सदस्यको जिम्मेवारी समहाल्दै। २०४७ साल देखि नेपाली काङ्ग्रेसको राजनीतिमा पुर्ण रुपले समर्पित रहेका नेता अछमीत लाल चौधरीको लहानमा संगठन बनाउनमा निकै योगदान र काङ्ग्रेस पार्टी लहानमा चिनाउन निकै देन रहेको उनलेे दाबी गरेका हुन्। नेपाली काङ्ग्रेसका ९ औं महाअधिबेशन देखि २५ बर्ष सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका उनले २०४९ सालको स्थानीय चुनावमा गाबीस अध्यक्षको टिकट पाएर पनि नेता चौधरीले अरुलाई टिकट दिएर सहयोग गरेका थिए।

निस्वार्थ रुपले राजनीति गर्दै अगाडि बढेका नेता चौधरी संकट काल,र साही कालमा काङ्ग्रेसको कुशल नेतृत्वको भुमिका निर्वाह गरेका हुन्।अहिले सम्म उनले गाबिस अध्यक्षको २ पल्ट निर्वाचनमा भागलिएका थियो भने २०७४ सालको निर्वाचन लहान नगरपालिकाको प्रमुख अर्थात मेयरको टिकट पाएर निर्वाचनमा भागलिए र असफल भएका थिए। चुनावमा प्राजित भए पनि उनले इमानदारीता पुर्व राजनीतिमा सकृय नेताको रूपमा चिनिएका हुन्।मंसिर ४ गते हुने निर्वाचनका लागी नेता चौधरीको सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ प्रदेश सभाको लागी नाउँ सिफारिस भएको छ्। उनले पत्रकार समेलनमा आफुले टिकट पाउनु पर्ने जोड दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤